राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने : प्रधानमन्त्रीलाई दुइदिने अल्टिमेटम

१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

पार्टी सभापतिलाई गृह मन्त्रालय नदिएको कारण देखाएर सरकारबाट बाहिरिने हो भने पदलोलुपता देखिने भन्दै केही सांसदले पार्टीले गृह मन्त्रालय माग्नुपर्ने तर गृहमा पठाउने व्यक्ति सांसदहरूबीचबाटै खोज्नुपर्ने धारणा पनि राखेका थिए। केहीले भने चाँडो उपनिर्वाचनमा जानका लागि प्रधानमन्त्रीलाई सहमत गराउनुपर्ने र निर्वाचित भएर आएपछि पार्टी सभापतिले गृहमा दाबी गर्नुपर्ने धारणा पनि राखेका थिए ।

सभापति रवि लामिछानेनिकट भनेर चिनिएका नेता र सांसदले भने प्रधानमन्त्रीले गठबन्धनमा भएको सहमति पालना नगरी धोका दिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा