राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार २४ देखि

badminton

१८ असार , काठमाडौं । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा हुने उक्त प्रतियोगितामा पुरुष एकल, पुरुष जोडी, महिला एकल, महिला जोडी, यु–१५ छात्र र छात्रा एकल, यु–१७ छात्र र छात्रा एकल तथा ४५ वर्ष माथिको भेट्रान्स जोडी गरी नौ विधामा प्रतिस्पर्धा हुने राष्ट्रिय ब्याडमिन्टन सङ्का अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले पाँचौँ संस्करणसम्म -याकिङ खेलाडीलाई मात्र समावेश गराएर प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा अन्य खेलाडीको गुनासोलाई मध्यनजर गर्दै यस संस्करणदेखि खुला प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उक्त प्रतियोगिता छैटौँ संस्करणको हो ।

पुरुष र महिला एकलमा प्रथम हुनेलाई रु ५० हजार र ट्रफी, दोस्रोलाई २५ हजार र ट्रफी तथा तेस्रो स्थान हासिल गर्नेलाई रु १० हजार र ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै, अन्य विधाका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, सात हजार र चार हजारका साथै ट्रफी प्राप्त गर्नेछन् भने भेट्रान्स जोडीलाई ट्रफीका साथै खेल सामग्री प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगिता असार २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति