राशि अनुसार थाहा पाउनुहोस् आफ्नो स्वभाव !

ज्योतिषको नुसार भविष्यवाणीका लागि राम्रो बिधि राशिफल हो । जोतिषीहरु भन्छन्, जीवनमा कुने काम गर्नुृ छ भने पहिले राशिफल हेरेर गर्नु उचित हुन्छ । सफल हुन्छ हुन्न त्यो पनि राशिफलले बताउने बताउँछ । कति व्याक्तिका जीवनसंग राशिफल मिल्छ । र, दैनिक हेर्ने गर्छ । भने, कसैले वास्ता व्यास्ता पनि गर्दैन । ज्योतिषहरु आफ्नो भाग्यमात्र नभई धेरै कुराको राशिफलबाट आँकलन गर्ने सकिने बताउँछन् । राशिफलले मानिसको प्रेमको पनि निधारण गर्ने ज्योतिषहरु बताउँछन् । कुन राशिका व्यक्तिहरुको स्वभाव कस्तो हुन्छ ? शुभ राशि र शुभ बार कुन हो ? हामीले ज्योतिष आनन्द सुबेदीले तयार पार्नु भएको यहाँ उल्लेख गरेका छौं आ – आफ्नो राशि अनुसार थाहा पाउनुहोस्

 

मेष

मेष राशिका ब्यक्ती कस्तो हुन्छन त ? क्रोधी र महत्वाकांक्षी हुने गर्दछन, मेष राशिलाई मङ्ल को बिशेष प्रभाव परेको हुन्छ, उनिहरु निकै र छिट्टै रिसाउनी खालका हुन्छन साथइ एकोहोरो पनि हुन्छन, सोचे पछी सोच्यो सोच्यो र आटे पछी गर्यो गर्यो भन्नि खालका हुन्छन, उनिहरु जती रिसाहा र काठोर हुन्छन तेत्तिनै छिटो शान्त हुने र कोमलो मन भएका पनि हुन्छन, उनिहरु अनुशासन म निकै ध्यान दिन्छन, सबैलाई आफ्नो तल राखेर काम गर्न रुचाउछन, उनिहरु कुनै पनि कार्य गर्दा तेस्बाट लाभ प्राप्त भएन भने व सोचेजस्तो भएन भने त्यो कार्यलाई तेत्तिकै छोड्न पनि तयार हुन्छन, उनिहरु निकै हत्तारे प्रबित्तिका हुन्छन, कुनि पनि कार्य हतार मै गरिदी हाल्छन, उनिहरुलाई पित्त र पेटसम्बन्धी समस्या हुने गर्दछ, उनिहरुले जती पानी पिउन सक्यो तेती फाईदाजनक रहन्छ, उनिहरु कुनै पनि कार्य गर्दा हतारमा बिचारै नपुराइ गरिदिन्छन, आफ्ना नातागोतामा सुमधुर सम्बन्ध कायम राख्न यस्ता मानिसले आफ्नो वाणी र व्यवहारमा विनम्रता ल्याउनु पर्छ, योजना बनाउन मन पर्छ, नेतृत्व गर्न चासो राख्छन् तर कसैको निर्देशनमा काम गर्न मन पर्दैन। मेष लग्नका जातक सफा मन भएका हुने गर्दछन् र जस्तै भए पनि भन्नु पर्ने कुरो अगाडि नै भन्छन्, उनिहरुलाई अरुले अर्ती उपदेस दिएको र आफ्नो कार्यमा अरुले हस्तछेप गरेको मन पर्दैन, उनिहरु आफ्नै सोच र आफ्नै तरिकाले अघी बढ्ने खालका हुन्छन, मेष राशी लाई सेना, पुलिस, गुप्तचर, ठेकेदारी, ज्योतिष, तन्त्र मन्त्र , जादु पौडिबाजी, चिकित्सक आदिमा रुची हुन्छ र एही बिषयमा लागि परेमा सफल पनि हुन्छन । शुभ बार मंगलवार र बिहीवार हो र घातक बार आईतवार हो । शुभ रत्न मुगा, पुष्पराज र मणिक हो, मित्र राशी कर्कट, ब्रिस्चिक, धनु र मिन हो र शत्रु राशी तुला मकर र कुम्भ हो।

बृष
बृष राशिका ब्यक्ती कस्तो हुन्छन त ? (सुन्दर वस्तुप्रति सजिलै आकर्षित हुने गर्दछन्) बृष राशिमा शुक्र को बिशेश प्रभाव रहेको हुन्छ, उनिहरु मेहनत गर्न पछी पर्दैनन, हरेक दुस्ख सहन सक्नी छमता राख्दछन, मनको सफा हुन्छन, कसैको पनि दुस्ख देख्न सक्दैनन, उनिहरु को मन सफा र कोमलो भएको कारण उनिहरु लाई फकाएर उनिहरुको मन जितेर उनिहरुलाई जो कोहिले पनि हातमा लिन सक्दछन, तर उनिहरुलाई कसैले कर गर्यो भने उनिहरु अटेर र क्रुर हुन पनि पछी पर्दैनन, उनिहरु जे गर्छन् निकै मन लगाएर गर्छन्, अत्यधिक मिहिनेत गर्ने र निरन्तर नरोक्किइकन काम गर्ने आफ्नो बानीले यिनीहरू आफ्नो खुराकमा पनि ध्यान पुर्याउन सक्दैनन् र यस्ता मानिसलाई ग्यास्टिकसित सम्बन्धित रोग हुनसक्छ, कामसँग यस्ता मानिसले आफ्नो खानाखुराकीमा पनि ध्यान दिनु पर्छ। लामो समयसम्म भोको नबसेर बीचबीचमा थोरथोरै खानेकुरा खानुपर्छ, शुक्रको प्रभाव हुनाले आफ्नो कार्यस्थलमा यिनीहरू हरेक आधुनिक प्रविधिको उपयोग गर्दछन, यिनीहरू आफ्नो पहिरनमा अलि धेरै ध्यान दिन्छन्, समयसँगै रहनसहनमा यिनीहरू परिवर्तन गरी रहन्छन, उनिहरुलाई मायाको निकै खाचो हुन्छ, उनिहरुले जस्लाई माया गर्छन् भित्री तन मन बाट साचो माया गर्दछन, उनिहरुलाई हल्का प्रशम्शा र खुशी पारीदियो भने उनिहरुले छिट्टै विश्वाश गरी हाल्छन, उनिहरुले गरेको विश्वाश र माया अनुसार तेही विश्वाश र माया पाउन भने अल्ली गाह्रो पर्दछ, सोचेको र आटेको कार्य पूर्ण गर्नु र धार्मिक, सरकारी कार्य, नाट्क, मिडिया क्षेत्र, कलाकार, आदिमा बिशेष रुची राख्ने गर्दछन, शुभ बार बुधवार हो र घातक बार शनिबार हो, शुभ रत्न हिरा, पन्ना र निलम हो, मित्र राशी मेष, मिथुन, कन्या मकर र कुम्भ हो र शत्रु राशी कर्कट र सिंह हो।

मिथुन
मिथुन राशिका ब्यक्ती कस्तो हुन्छन त ? (बहुमुखी प्रतिभाका धनी हुने गर्दछन) मिथुन राशिलाई बुधको बिशेष प्रभाव परेको हुन्छ, उनिहरु प्रतिभाको धनी हुन्छन, उनिहरु आफ्नो ब्यक्तितो र प्रतिभाले अरुलाई सजैलाई आकर्सित पार्न सक्दछन, कुनि बिषयमा ज्ञान लिनु पर्दा निकै गहिरी ज्ञान लिने गर्दछन, उनिहरु लाई हत्तपत्त सजिलै बुझ्न सकिदैन किनकी उनिहरु मा ठट्टा गर्ने बानी पनि हुन्छ, यिनी हरु शारिरिक रुप बाट भन्दा पनि दिमाग बाट धेरै कट्ने गर्दछन, समय अनुसार उनिहरु आफुलाई परिवर्तन गराउन सक्दछन, हरेक परिस्थितिमा आफूलाई परिवर्तन गर्नु, वातावरणलाई आफूअनुसार परिवर्तन गर्नु वा स्वयं वातावरणअनुसार परिवर्तित हुनु यिनीहरूको स्वभावको विशेषता हुने गर्दछ, यिनिहरु जती कोमल हुन्छन तेती नै काठोर हुनलाई पनि पछी पर्दैनन, उनिहरुले जो कोइ सँग पनि तेही अनुसारको घुलमिल भएर रहन सक्दछन, हरेक नयाँ कुरा सिक्न यिनिहरुको चाहना हुन्छ, यिनीहरू हरेक किसिमको वातावरणमा आफूलाई बदल्न सक्छन, प्रत्येक किसिमको भोजन यस्ता मानिसलाई मन पर्छ, यिनीहरू मिश्रित प्रकृतिका भएका कारण यस्ता मानिसलाई रोग पनि मिश्रित अर्थात् धेरै किसिमका नै लाग्ने गर्दछन, यस्ता मानिसले खानेकुरामा विशेष गरी घरभन्दा बाहिरको खानेकुराको परहेज गर्नु पर्छ, आफ्नो बहुमुखी प्रतिभाका कारण यिनीहरूले कतिपय क्षेत्रमा प्रसिद्धि हासिल गर्दछन, यिनीहरूको व्यवहारिक ज्ञान राम्रो हुन्छ, कुनै पनि व्यक्तिबाट आफ्नो कुनै काम कसरी गराउनु पर्छ, त्यस्ता व्यवहार कुशलता यस्ता मानिसलाई राम्ररी आउँछ, उनिहरु सफल ब्यापारी र योजनाबिद्ध पनि बन्न सक्छन, मिथुन राशिलाई शुभ बार बुधवार, शुक्रबार र शनिबार हो र घातक बार सोमबार हो, शुभ रत्न पन्ना, हिरा र निलम हो, मित्र राशी ब्रिश, सिंह र कन्य हो र शत्रु राशी कर्कट हो।

कर्कट
कर्कट राशी भएका ब्यक्तीहरु कस्तो हुन्छन त ? (कुनै कार्यलाई गर्ने अडान लिएपछि गरिकन छाडछन) कर्कट राशी हरु सोचे पछी सोच्यो र बोले पछी बोल्यो भन्नि जस्तै हुन्छन, कर्कट राशी लाई चन्द्रमाको बिशेष प्रभाब परेको हुन्छ, यो राशिले धेरै चिसो प्रयोग गर्नु हुँदैन, उनी हरु जो सँग सम्बन्ध गास्छन वा जस्को नजिक हुन्छन उस्को सुरक्षा र जिम्मा मेरो पनि भन्नि सोच राख्दछन, उनीहरुले हरेक परिस्थितीमा आफुलाई तेही अनुरुप लैजान सक्दछन, यिनीहरूको जीवनशैली ऐश्वर्यपूर्ण हुने गर्दछ, यस्ता व्यक्ति अत्यन्त धैर्यवान हुने गर्दछन्, गाह्रोभन्दा गाह्रो समयमा पनि डराउँदैनन, यिनीहरू अत्यधिक भावनामय हुने गर्दछन् त्यसैले यिनीहरूको निर्णय कति पटक त गलत पनि हुनपुग्छ, यिनीहरूको स्वभावमा कति पटक त जिद्दीपन आउँछ, यस्ता मानिसले आफ्नो स्वभावको यस नकारात्मक पक्षलाई त्याग्ने प्रयास गर्नु पर्छ, कर्क लग्न भएका मानिसहरूको जिम्मेबारी सीधै टाउकामा नपुगुन्जेल यिनीहरू गम्भीर हुंदैनन् तर कुनै कामलाई गर्ने अडान लिए भने त्यसलाई चाहिं गरी छाडछन, उनिहरु धेरै भाबुक र सम्बेदनशील हुन्छन र उनिहरुको जीवनमा अचानक परिवर्तन आउने गर्दछ, जीवन मा धेरै कुराको उतारचडाब आईरहन्छ, यिनिहरुलाई लागुपदार्थ र घरी घरी आफ्नो कार्य परिवर्तन गर्नु नै घातक भईदिन्छ, कर्कट राशिलाई जल सम्बन्धीको काम, कर्मचारी, फोटोग्राफी, कलाकार, आदिमा राम्रो हुन्छ, कर्कट राशिलाई शुभ बार सोमबार, मंगलवार र बिहीवार हो र घातक बार बुधवार हो, शुभ रत्न मोती र पुखराज हो, मित्र राशी सिंह, मिथुन र कन्या हो र शत्रु राशी मकर हो।

सिंह
सिंह राशी भएका व्यक्तिहरु कस्तो हुन्छन त ? (अत्यन्त तेजस्वी, आत्मविश्वासी र अनुशासनप्रिय हुने गर्दछन) सिंह राशिलाई सुर्य को प्रभाव धेरै परेको हुन्छ, उनी हरु कसैसँग पनि डराउदैनन, कसै सँग बोल्दा, काम गर्दा र केही गर्दा म झुक्न जान्दिन झुकाउछु भन्नि खालका हुन्छन, अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन। यिनीहरूमा आफूले निर्माण गरेको विधि, नियम र अनुशासनलाई राम्ररी पालना गर्ने र अन्यलाई पनि पालना गर्न लगाउने बानी हुन्छ। आफ्नो मानसम्मान यिनीहरूलाई धेरै मन पर्छ, यदि यस्ता मानिसले कुनै वाचा गरे भने पूर्णरूपले पालना पनि गर्दछन, यस्ता व्यक्ति सबैसँग घुलमिल गर्न पनि सक्दैनन् र अरुले यिनलाई उस्तो मन पनि पराउँदैनन, कुनि बेला उनिहरु निकै हठी पनि भईदिन्छन, उनिहरुले कसैको संगत गर्दा आफ्नो स्तर हेरेर मात्र गर्दछ्न, उनिहरु आँफैले खट्नु भन्दा पनि अरुलाई खटाउन मन पराउदछन, र अरुले जती नै राम्रो काम गरेर देखाये पनि उनिहरुलाई चित्त बुझ्न निकै गाह्रो पर्छ, उनिहरु दिमाग धेरै चलाऊन खोज्छन तसर्थ शारिरिक रुपमा खट्नु पर्नी काम उनिहरु गर्न चाहदैनन, उनिहरु जस्लाई नजिक सोच्छन वा बनाउछन उस्मा मेरै अधिकार छ भन्नि धारणा राख्दछन, उनिहरु दाँयालु पनि हुन्छन । यिनीहरुमा रिस अल्ली धेरै नै हुन्छ, एदी कसैले उनिहरुको अघाडी गल्ती गर्यो वा बोल्यो भने न सकेर मात्र हो नत्र तेस्लाई तेही मारौ जस्तो उनिहरुमा मनमा लाग्दछ, प्रशासक, मेडिकल, विद्वान, दार्सनिक, लेखक आदिमा मुख्य भूमिका रहेको हुन्छ, सिंह राशीलाई शुभबार आईतवार, मंगलवार र बिहीवार हो, अशुभ बार शनिबार हो । शुभ रत्न मुगा, मणिक र पुष्पराज हो । सिंह राशिलाई मेष, कर्कट, धनु, मिथुन, कन्या, र मिन मित्र राशी हो र बिर्स्चीक, तुला, मकर र कुम्भ शत्रु राशी हो ।

कन्या
कन्या राशी भएका व्यक्तिहरु कस्तो हुन्छन त ? (अत्यन्त बुद्धिमान, रचनात्मक र सफा मनका हुने गर्दछन) कन्या राशिलाई बुध को धेरै प्रभाब रहन्छ, यिनीहरू सबैलाई साथमा लिएर हिंड्ने प्रयास गर्दछन्। प्रत्येक व्यक्तिलाई खुसी पार्ने प्रयास गर्दछन् जुन कसैका लागि पनि सम्भव छैन । यिनीहरू साह्रै सफा मनका व्यक्ति हुन्छन, यिनीहरू छलकपट जान्दैनन्, तर कुनै कार्यलाई गर्न जस्तो रणनीतिको आवश्यकता हुन्छ त्यसको उपयोग गर्दछन् बोलिमा निकै मिठासपन हुन्छ, बोली बाट जस्लाई पनि आकर्सित पार्न सक्दछन, उनिहरुमा सहनसिलता धेरै हुन्छ, पुस्तकको अध्ययन गर्नु, पण्डित्याइँ गर्नु, वित्त र वाणिज्यको क्षेत्रमा काम गर्नु, लेखक, कवि, अध्यापक, सल्लाहकार, ज्योतिषी, कृषक र शोधकर्ता हुनु यस लग्नको विशेषता हुने गर्दछ, त्यस्तै यिनीहरूको आयातनिर्यात, एकाउन्टस, ढुवानी, खेलकुद, यातायात र ठेक्कापट्टा(दलाली आदिमा समेत रुचि हुने गर्दछ, यिनीहरूलाई आफूसित जोडिएका प्रत्येक व्यक्तिले स्नेह गर्दछन, हिसाब(किताब मा माहिर हुन्छन, प्रत्येक कामको लाभहानि विचार गरेर नै यिनीहरू काम गर्दछन, यिनीहरूको आचरण शुद्ध र सफा हुन्छ। कसैप्रति पनि आफ्नो मनमा कुनै नराम्रो विचार राख्दैनन्। सबैलाई क्षमा गर्ने बानी, विपरीत परिस्थितिमा पनि धैर्य राख्ने र समस्याको समाधान गर्ने क्षमता आदिले यस्ता मानिसलाई विशिष्ट व्यक्तित्व बनाउँछ, कन्या राशी लाई शुभ बार बुधवार र शुक्रबार हो र घातक बार शनिबार हो, शुभ रत्न पन्ना, हिरा र निलम हो, उमेरले ३ बर्षमा अग्नी भय, ५ बर्षमा आँखामा पिडा, ९ र १३ बर्षमा अग्लो स्थान बाट भय, ३० बर्षमा शस्त्र बाट घात हुने सम्भावना रहन्छ। मित्र राशी सबै छन तर मिन र कर्कट शत्रु हुन सक्छ।

तुला
तुला राशी भएका ब्यक्ती हरु कस्तो हुन्छन त ? (नवीन चिन्तन, परीक्षण र भोगविलासिता मन पराउने गर्दछन) तुला राशिलाई शुक्रको धेरै प्रभाब परेको हुन्छ, उनिहरुको अनुहारमै आकर्षण रहेको हुन्छ । यिनिहरु जती नै धिर्यता हुन्छन तेतिनै कठोर पनि हुन्छन । उनिहरु समान व्यवहार मन पराउने गर्दछन् र सबैलाई साथमा लिएर हिंड्ने प्रवृत्ति स्वभाबका कारण सबैसँग समान व्यवहार गर्दछन्, उनिहरु भोगबिलाशी धेरै मन पराउदछन । उनिहरु संगीत, गायन, नृत्य, अभिनय आदि विषय मन पराउँछन् र यस्ता व्यक्तिका गुण पनि यस लग्नमा जन्म लिने व्यक्तिमा विद्यमान हुन्छ । उनिहरु हरेक कुरामा धेरै नै सोखिन हुने गर्दछन । आनन्दमय जीवन बिताउन मन पराउछन । उनिहरुमा कामबासना अनि धेरै नै रहेको हुन्छ । उनिहरुको केटा भये केटी साथी र केटी भये केटा साथी हरु धेरै हुन्छन । उनिहरु जस्तो सुकै वातवरण मा पनि सजिलै घुलमिल हुन सक्दछन । उनिहरुको सोचाइ बोलाई हेराइ बेग्लाई किसिम को हुन्छ, उनिहरु एकै ठाउमा अडिक भएर बस्न सक्दैनन, उनिहरु जवाफ फर्काउन माहिर हुन्छन । उनिहरु आदर्शबादी पनि हुन्छन, उनिहरु आफ्नो पहिरनमा पनि बिशेष ध्यान दिनी हुन्छन । उनिहरुको योजन कती बेला के हुन्छ भन्नि थाहै हुँदैन । उनिहरु न्यायबादी र कोइ मन परेन भने निकै घ्रिणा गर्नी खालका पनि हुन्छन । यिनिहरुमा धेरै किसिमका कला हरु हुन्छ्न, यिनी हरुमा कला, नक्कल, औषधी वा डक्टरी, नित्य, गुप्ताचर आदिमा निपुण हुन्छन, तुला राशिलाई मिन राशी सत्रु राशी हो, उनिहरु सत्यबादी, सत्यगुणी, भ्रमणशिल, तिष्णबुद्धी भएका हुन्छन, उपन्यास, नाटक धेरै मन पराउदछन । उनिहरु तर्क बितर्क गर्न सिपालु हुन्छन, उनिहरु आफ्नो मित्र हरुलाई हत्तपत्त विश्वाश गर्दैनन । कुनै बेला यिनिहरुलाई आफ्नै घमण्ड ले गर्दा पछी पारी रहेको हुन्छ, तुला राशिलाई धेरै जसो रुवा र ज्वोरो ले सताउने गर्दछ, तुला राशी लाई राम्रो बार बुधवार, शुक्रबार र शनिबार हो, शुभ रत्न हिरा, पन्ना र निलम हो।

बृश्चिक
बृस्चिक राशी भएका व्यक्तिहरु कस्तो हुन्छन त ? (राम्रो नेतृत्व शक्ति भएका हुने गर्दछन) बृस्चिक राशी लाई मंगल् को धेरै प्रभाब रहन्छ । उनीहरु साहसी र पराक्रमी हुन्छन, बेलाबेलाम निकै क्रुर पनि हुने गर्दछन । कुनि पनि काम मा हात हाले पछी तेस्मा निकै अडिक रहन्छन । कुनै बेला उनिहरुको बोली निकै रुखो स्वभाबको पनि हुन्छ । उनी हरुले चाहे भने अरुलाई बोलेकै भरमा रुवाइदिन्छन । आफुलाई चित्त नबुझेको कुरा प्याच्च बोल्दी हाल्छन, अबजोस धेरै आउने गर्छ, यो राशी ले सके सम्म अरुको कुरामा, अरुको काममा वास्तै न गरेको बेस हुने छ, अरुलाई राम्रो गर्छु, राम्रो बोल्छु भन्दा उल्टै अबजोस आईदिन्छ तर कहिले काही उनिहरु को आफ्नै बानी र बोली खरो पनि हुने गर्दछ, उनिहरुमा बदला को भावना निकै हुन्छ । उनिहरुको स्मरणशक्ति राम्रो हुन्छ र केही पनि भुल्दैनन् । यस्ता व्यक्तिमा सहन शक्ति धेरै हुने गर्दछ, उनिहरु रिसाहा खालका भये पनि भित्री मन कमलो हुन्छ, यिनीहरूलाई व्यवस्थापन मन पर्छ, अनुशासनहीनता यिनीहरूलाई मन पर्दैन । यिनीहरूमा चंचल मस्तिष्क भएका र धेरै भावुक प्रकृतिका हुने गर्दछन्, त्यसैले यिनीहरूलाई ससाना कुरा बिज्छन् । उनिहरु सोचे पछी सोच्यो र आटे पछी गर्यो भन्नि खालका हुन्छन, योजना बद्ध तरिकाले काम गर्न निपुण हुन्छन, उनिहरु राजनीति, तन्त्र मन्त्र, ज्योतिश, मनोचिकित्सा, दर्शनशास्त्र आदिमा निपुण हुन्छन, बृस्चिक राशिलाई शुभ बार आईतवार, मंगलवार र बिहीवार हो र घातक बार शुक्रबार हो, शुभ रत्न मुंगा, मणिक र पुष्पराज हो, मित्र राशी मेष, कर्कट, सिंह, धनु र मिन मित्र हो र मिथुन र कन्या शत्रु हो।

धनु
धनु राशी भएका ब्यक्ती हरु कस्तो हुन्छन त ? (सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन्) उनिहरुले आम्दानीखर्चको हिसाबकिताब राम्ररी राख्न सक्छन्, उनिहरु आफ्नो लछ्य प्राप्तीको लागि निरन्तर लागि पर्छन, उनिहरु धर्म कर्ममा विश्वाश गर्नी हुन्छन । उनिहरुको स्वास्थ्यमा मौसम ले छिट्टै असर पारी हाल्छ, उनिहरुलाई ज्ञान गुनका कुरा हरु निकै मन पर्छ, यस्ता व्यक्ति आफ्नो कुरामा गम्भीर हुन्छन् । धनी, सम्मानित र समाजमा प्रतिष्ठित हुने गर्दछन् । उनिहरु अरुलाई राम्रो सल्लाह दिन सक्नी हुन्छन, उनिहरु अल्ली उत्साहीत , आदर्शबादी र कुनै बेला निकै चिन्तित पनि हुने गर्छन् । उनिहरुको बोलिमा मिठास पन हुन्छ, उनिहरु सबैलाई सजिलै आकर्सित पार्न सक्छन, उनिहरु आफ्नो जीवन सोखिन र आनन्दमय तरिकाले जिउन चाहन्छन, बिलासित निकै मन पराउछन। उनिहरु केही मात्रामा जिद्दी र मन कोमलो भएका पनि हुन्छन, उनिहरुको अनुहार र हाउबाउ मै तेजिलो हुन्छ, कुनै छलकपट्को भावना हुँदैन तर कहिले काही उनिहरुलाई अरुले भड्काइ रहेका हुन्छ ।उनिहरु मिठो र गुलियो भोजन मन पर्दछ, लेखा र व्यवस्थापनको कलामा निपुण हुन्छन, कर्मकाण्ड, साहित्य, ड्राइभर, भूगर्भविद्, तथा समाजसेवा उनिहरुमा बिशेषता रहेको हुन्छ, उनिहरु आफु सफल हुनको लागि उनिहरुलाई आफुमा सुझबुझ समाझ्दारी अपनाउन निकै जरुरी छ। धनु राशिलाई शुभ बार आईतबार र बिहीवार हो र घातक बार शुक्रबार हो, शुभ रत्न पुष्पराज र मणिक हो, मित्र राशी मेष, कर्कट, सिंह र ब्रिस्चिक मित्र हो र शत्रु राशी ब्रिश, मिथुन, कन्या र तुला शत्रु हो।

मकर
मकर राशी भएका ब्यक्तीहरु कस्तो हुन्छन् त ? (हँसिला, खर्चिला र समझदार हुने गर्दछन्) यो राशिमा शनिको प्रभाब धेरै हुन्छ । यिनीहरु धेरै मेहनत गर्नी हुन्छन । आफ्नो कार्यलाई निरन्तरता दि रहन्छन, तर कुनि बेला अल्छि मान्न थाले पछी निकै नै अल्छि बनिदिन्छन, उनिहरु कुनै पनि कुरामा डराउदैनन, उनिहरु बादल लिनु पर्यो भने अघी सरी हाल्छन । उनिहरुहरु धेरै छिटो रिसाउछन र छिट्टैनै शान्त पनि हुन्छन । उनिहरु हत्तपत्त अरुको सुन्दैनन, उनिहरु निहुरिएर र आँखा झुकाएर हिंड्ने गर्दछन् । उनिहरुलाई साचो र न्याय मन पर्छ, उनिहरुले नराम्रो गर्दैनन र न राम्रो सहन पनि सक्दैनन, हरेक कार्य मा रुची लिने गर्छन् र सफलता प्राप्त गर्न पनि चाहन्छन, उनिहरु निराश हुँदा एकान्तमा बस्न रुचाउछन । उनिहरु आफ्नो भबिष्यको लागि निकै सचेत हुन्छन, उनिहरु अनुशासन चाहन्छन् । परोपकारी पनि हुन्छन, उनिहरु लाएे फाल्तु कुरा मन पर्दैन । आफ्नो सिद्धान्तमा रहन्छन, उनीहरु राजनीति, सरकारी कार्य, पौडिबाजी, लागु तथा मदिराको कार्यमा निपुण हुन्छन, उनिहरु मा धैर्यता र अनुशासन निकै हुन्छ, मकर राशिलाई शुभ बार शनिबार, बुधवार र शुक्रबार हो र घातक बार मंगलवार हो, शुभ रत्न निलम, पन्ना र हिरा हो, मित्र राशी ब्रिश, मिथुन, कन्या, तुला र कुम्भ मित्र हो र शत्रु राशी मेष, सिंह, कर्कट, र ब्रिस्चिक शत्रु हो।

कुम्भ
कुम्भ राशी भएका ब्यक्तीहरु कस्तो हुन्छन त ? (आफ्नो काममा अर्काको हस्तक्षेप मन पराउँदैनन) कुम्भ राशीका व्यक्तिहरु सफा मन भएका र महत्त्वकांक्षी हुने गर्दछन् । आफ्नो कुनै पनि कार्यमा अरुको हस्तक्षम मन पराउँदैनन । उनिहरुको मन सफा हुन्छ तर उनिहरुलाई कसैले जिस्काएको र चिडचिडाएको मन पराउदैनन् । उनीहरु अल्ली लजालु खालका हुन्छन । उनिहरु आफुले गरेको मेहनत अनुसार अल्ली जस पाउदैनन्, प्रायजसो एक्लो काम गर्न मन पराउछन । उनिहरु अल्ली खुलेर आफ्नो मनका कुरा अरुलाई भन्न सक्दैनन, बोल्न अल्ली सक्दैनन तर लेखाइमा यिनिहरु अघी हुन्छन् । कुम्भ राशी वा कुम्भ लग्नका ब्यक्तीहरु धेरै छिटो रिसाउछन् र छिट्टैनै शान्त पनि हुन्छन, उनिहरु हत्तपत्त अरुको सुन्दैनन, उनिहरु मेहनत निकै गर्छ तर तेती नै अल्छि पनि हुन्छन् । उनिहरुको सोच नै अरु भन्दा बेग्लाई किसिमको हुन्छ, उनिहरु मन्द गतिमा संघर्षशील हुने गर्दछन् । गुप्तविद्याको अध्ययन गर्ने, शोधकर्ता, राम्रो सल्लाहाकार, चित्रकार, राजनीतिज्ञ, नयाँ मार्गदर्शन गर्ने, धर्मज्ञाता, प्रोफेसर, समाजसेवी वा कुनै मंदिर र मठको मठाधीश आदि हुनुमा मत्तोपूर्ण भूमिका हुन्छ । कुनै बेला उनिहरुमा अल्ली अहम्कार पनि बढीनै हुन्छ, उनीहरुले आफु माथि बढ्नको लागि अरुको कुरा सुन्ने र धैर्यता अपनाउन निकै जरुरी छ । कुम्भ राशीलाई शुभ बार शनिबार, बुधवार र शुक्रबार हो र घातकबार बिहीवार हो । शुभ रत्न निलम, हिरा र पन्ना हो, मित्र राशी ब्रिश, मिथुन कन्या, तुला र मकर हो र शत्रु राशी मेष, कर्कट, सिंह र ब्रिस्चिक शत्रु हो।

मीन
मिन राशी भएका ब्यक्तिहरु कस्तो हुन्छन त ? मिन राशीका व्यक्तिको बोलिमा मिठास पन हुन्छ, उनीहरु सबैलाई सजिलै आकर्सित पार्न सक्छन, उनिहरु आफ्नो जीवन सोखिन र आनन्दमय तरिकाले जिउन चाहन्छन, बिलासित निकै मन पराउछन, उनिहरु केही मात्रामा जिद्दी र मन कोमलो भएका पनि हुन्छन, उनिहरुको अनुहार र हाउबाउ मै तेजिलो हुन्छ, हत्तपत्त रिसाउदैनन तर रिसाये भने आफुलाई नियण्त्रण गर्न सक्दैनन, उनिहरु निकै गम्भिर खालका हुन्छन, उनिहरु आफ्नो परम्परा र सिध्दान्तमा अडिक हुन्छन, उनिहरु आफ्नो केही कुरामा अरुले अधिकार लिना खोजे जस्तो माने भने अल्ली डाहा गर्ने खालका पनि हुन्छन, उनिहरु कसैको पनि अधिनमा बस्न रुचाउदैनन, स्वतन्त्रता मन पराउछन, केही मात्रा मा स्वार्थी पनि हुन्छन, धार्मिक तथा साहित्यमा केही रुची पनि राख्दछन, यिनी हरु खर्च गर्न पछी पर्दैनन, यिनीहरु अरुलाई सल्लाह दिन रुचाउछन, यस्ता व्यक्तिले सम्मान गर्न राम्ररी जान्दछन्। यस्ता व्यक्ति आफ्नो उमेरभन्दा ठूलठूला अर्थात् परिपक्व कुरा गर्दछन्, श्रवणयोग्य र रमणीय हुन्छ। मिन राशी वा मिन लग्न का ब्यक्ती हरु प्राय जसो ब्यापार र बाणिज्य मा निपुण हुन्छ, सामाजिक, पर्यटन, शैछिक, कर्मकाण्डमा, पर्वचनमा ज्ञानी हुन्छ, मिन राशिलाई शुभ बार सोमबार, मंगलवार र बिहीवार हो र घातक बार शुक्रबार हो, शुभ रत्न पुष्पराज, मोती र मुगा हो, शुभ राशी मेश, कर्कट, सिंह र धनु हो र शत्रु राशी ब्रिष, मिथुन, कन्या र तुला हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि