राशिफल : कार्तिक ९ गते / अक्टोबर २६ तारिख बिहिबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ९ गते बिहीबार इश्वी सन २०१७ अक्टोबर २६ तारीख कार्तिक शुक्ल पक्ष षष्ठी तिथी चन्द्रमा धनु राशिमा सूर्य दक्षीणायन शरद ऋतु छठपर्व डालापूजा-ज्यो.पं.सरोज घिमिरे,धनकुटा खबर ।

chhathमेष राशि :चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

। मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । खानपानमा ध्यान दिनु स्वास्थमा फाईदा जनक रहनेछ । मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला । खानपानमा रुचि जाग्नेछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक यात्रा ले दिन झन्झट पुर्ण ब्यतित हुनेछ । तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहने हुनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । यात्रा आम्दानि मुलक साबित रहला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीबारिक झोरझमेलाले सताउन सक्ला । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । समय अनुरुप चल्न नसक्नाले कार्यमा झन्झट ब्यर्होनु पर्नेछ । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीति सगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मानसिक खिन्नता रहेपनि देखाबटि प्रशन्नता आउनसक्ला । कार्यको क्षेत्रको बेवास्ताले गर्नाले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । आफ्नै कमजोरिले धनमालको क्षति ब्यर्होनु पर्नसक्छ ।सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । बिश्वासिलो ब्यक्ति हरुबाट सामान्य धोका हुन सक्ला । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । तपाईको मानप्रतिष्ठामा आचँ आउन सक्ने सम्भाबना रहेको छ । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द