राशिफल : कार्तिक २ गते / अक्टोबर १९ तारिख बिहिबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २ गते बिहीबार इश्वी सन २०१७ अक्टोबर १९ तारीख कार्तिक कृष्ण पक्ष औशी तिथी चन्द्रमा कन्या राशिमा सूर्य दक्षीणायन शरद ऋतु, दर्शश्राद्ध, लक्ष्मीपूजा दीपमालिका सुखरात्रि,हलो तथा निशि बार्ने – 

मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित हुन सक्नेछ । तपाईका कार्यमा भएको त्रुटिको प्रतिपक्षीहरुले फाईदा लिन सक्नेछन साथै सामान्य अपजस को सामना पनि गर्नु पर्न सक्नेछन । नयाँ लगानिका क्षेत्रमा समय उत्तम देखिएको छैन । शारीरिक आलस्यताले सताउन सक्नेछ । बिश्वासीला ब्यक्तिहरु बाट धोका हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । दिन मध्यम रहनेछ

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । शत्रु बृद्धि हुनसक्छन् । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । नेत्र सम्बन्धि समस्याले सामान्य खर्च हुनसक्ने योग रहेको छ । एकान्त वाताबरणमा मन रम्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । समय राम्रो रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारिवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । संगित क्षेत्रमा रुचि जाग्नेछ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । पेट सम्बन्धि समस्याले सताउन सक्छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनोरञ्जन मूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनोरञ्जन मूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द