राशिफल : कार्तिक २४ गते / नोभेम्बर १० तारिख शुक्रबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २४ गते शुक्रबार इश्वी सन २०१७ नोभेम्बर १० तारीख

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेष राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल देखिएको छैन । अनायासै सहकर्मी तथा संसर्गीसँग मनमुटाव हुनसक्ने एवम् मनमा संकोचित विचार बढ्नसक्ने सम्भावना देखिएको छ ख्यालपुर्याउनु पर्ला । पारिवारिक जिम्मेवारीको भार थपिने र अभाव खट्कििनसक्ने देखिन्छ । केही आलोेचनाको सामना गर्नपर्ने पनि हुनसक्छ, सहनशक्ति बढाउने र सावधानी अप्नाउने गर्नु बुद्धिमानी हुनेछ । धैयैधारणले नै प्रतिकूलता टार्नसकिने कुरालाई गुरु मन्त्र बनाएर अघि बढेमा अल्लि बढी प्रयत्नले केही लाभ गर्न सकिएला । आज यहाँलाई चार अंक, सेतो रङ्ग शुभ हुनेछ भने आमाको आर्शिवाद हितकर हुनेछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन हुनलाई दिनलाई उपलब्धिमूलक बनाउन सकिने गोचर परेको छ । तथापि उन्मादी हौंस्याहट बढ्नाले कम उपलब्धिले चित्तबुझाउन पर्ने सम्भावना देखिन्छ । सावधानि र लगनशीलतापूर्वक आफ्नो पेशालाई निरन्तरता दिएमा व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । स्वजनको सहयोग र प्रसंशा मिल्नेछ । तीन अङ्क, हरियो रङ्गको प्रयोगको साथमा विशेष काममा आउने कष्ट एवम् कठिनाइको निवृतिको लागि श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग पुर्याउनु र भैरवदेवको उपासना हितकर हुनेछ ।

मिथुन राशि :का, कि, कु, घ, ङ, छ, के, को, 

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षा गरेको तथा आश्वासन मिलेकै तर्फबाट भन्दा अन्य क्षेत्रबाट केही भौतिक उपलब्धि हुनसक्ने छ । योजनाभित्र नपरको काम बन्नसक्ने छ भने अनपेक्षित आम्दानी पनि हुनसक्ने सम्भावना छ । कसैकसैलाई गलत संगत तथा विपरित आहारको सम्भावना पनि देखिएकोले खानपानमा अल्लि ख्याल गर्नु उपयुक्त हुनेछ । आज तपाईँले बोलेको कुराको कसैबाट अपव्याख्या हुनसक्ने छ अल्लि ख्यालपूर्वक बोलीव्यवहार गर्नुपर्ला । समाज सेवा वा परोपकार आदिमा चेष्टा बढ्नेछ । दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु र माँ भुवनेश्वरीको भक्तिभाव गर्नु आज तपाईँको लागि शुभदायक हुनेछ ।


कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन प्रतिष्ठा बढाउनसकिने छ । कुनै औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने तथा मान्छेहरुबाट ईज्जत तथा मानसम्मान मिल्नसक्ने छ । सहज दिन परेकाले केही कामकार्य बन्ने र मनोरञ्जन एवम् खुशीयालीप्रद दिन रहने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नेछ । इष्टमित्रको आगमन हुने र उपाहार मिल्नसक्ने छ भने पारिवारिक सौहार्दता बढ्ने छ । नयाँकाममा वा शेयर आदिको लगानीको अवसर पर्ने पनि सम्भावना छ । समयको सदुपयोग गर्न जानेको खण्डमा आज यहाँलाई पेशागतक्षेत्रबाट उचित लाभ एवम् सफलता प्राप्त हुनेछ । माँ इन्द्रयाणीको दर्शन एवं भक्तिभाव शुभफलप्रद हुनेछ ।


सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशि हुनेहरुको लागि आजको दिन केही केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कामकार्यमा बढी नै कोसिसले मात्रै थोरै सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु आज तपाईँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पनि पर्नसक्ने सम्भावना रहेको गोचरले देखाएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने कुरालाई पनि लक्षित गरिरहेको छ । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् माँ कुमारी देवीको भक्तिभाव शुभप्रद हुनेछ ।


कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कन्या राशि हुनेहरुको लागि आजको दिन आयकर ग्रहगोचर परेको छ । पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । यो राशि हुनेहरुले आज विशेष महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।


तुलाराशि : र,रि, रु, रे, रो, ता, ति, तु, ते 

तुला राशिहुनेहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गरेको खण्डमा सामान्यको अतिरिक्त केही महत्त्वपूर्ण काम बन्ने र मानसम्मान पनि प्राप्त हुनेछ । व्यापार तथा व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा पनि ग्रहले ठिकै भूमिका निर्वाह गरेको देखिएकोले यथोचित लाभ एवम् सफलता र जिम्मेवारी मिल्नसक्ने छ । जागिर आदिमा पनि दिन सहज रहनेछ । कार्यक्षेत्रमा देखिएका समस्याहरु सुल्झाउन सकिनेछ भने विशेष कामको लागि पनि दिन अनुकूल रहेको छ । महत्त्वपूर्ण भेटघाट गर्नको लागि आजको दिन यहाँको लागि उपयुक्त रहनेछ ।


बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रायोजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।


धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धनु राशि हुनेहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले माँ सन्तोषीको स्तुति गर्नु उपयुक्त हुनेछ ।


मकर राशि :भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन रमाइलो भएरै बित्नेछ । व्यवसायिक कामकार्य ठिकै रुपमा सुचारु हुनेछन् । व्यवहारिकता तथा औपचारिकता निभाउनु पर्ने वातावरण पनि बन्ने छ । दाम्पत्य एवं प्रेम जीवनमा समझदारी कायम गर्न सकिने छ । प्रेमाभिलाषीहरुको लागि पनि कुरो मिलन बिन्दुमा ल्याउन सकिनेछ । दैनिकी कामबाट लाभ र सन्तोषको प्राप्ति हुनेछ । आज तपाईको लागि मान्यजनको दर्शनभेट्, तीर्थयात्रा, भगवान माँ भुवनेश्वरीको श्रद्धाभक्ति तथा स्तुति उपयुक्त हुनेछ ।


कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने रहेको छ । तथापि गन्तव्यचुम्न संघर्ष देखिएको छ, जस निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु बुद्धिमानी हुनेछ । बाँकी गोचर स्थिति अनुकूल छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । आज यहाँलाई छ अंक, हरियो रङ्ग र भैरवदेवको भक्तिभाव फापकर हुनेछ ।


मीन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अल्लि घमण्ड पनि बढ्ने होकि भन्ने सम्भावना छ । त्यसलाई संयम गर्नसकेको खण्डमा विद्या बुद्धि बढ्ने, ज्ञानीजनहरुसँग भेट्घाट हुने र मनमा पनि विद्वतताको विचार स्फुरण भइरहने छ । अध्यापक एवं प्रवचकहरुमा ज्ञानवृतिले मान्छेहरुलाई आकर्षण गर्ने शक्ति बढ्ने छ । सन्तानक्षेत्रबाट पनि सन्तोष मिल्नेछ । सैद्धान्तिक एवं नीतिगत क्षेत्रमा पनि प्रगति हुने र मान्छेहरुले तारिफ गर्ने छन् । साँझपछि आँटसाहस आरोग्यता बढ्ने छ । अल्लि बढी ईच्छाएको काममा केही अड्चन आउनसक्ने छ । खेलकुद आदि प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रता लिनसकिने छ । आज तपाईको लागि भैरवदेवको स्तुति फलदायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी