राशिफल : कार्तिक १ गते / अक्टोबर १८ तारिख बुधबार

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक १ गते बुधबार इश्वी सन २०१७ अक्टोबर १८ तारीख कार्तिक कृष्ण पक्ष चतुर्दशी तिथी चन्द्रमा कन्या राशिमा सूर्य दक्षीणायन शरद ऋतु, कार्तिक संक्रान्ति ,नरकचतुर्दशी, कुकुर तिहार, तैलस्नान स्वान्तिचह्रेपूजा ।

मेष राशि –चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिश्वासिला ब्यत्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । प्रतिश्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश साबधानी अपनाउनु उत्तम रहनेछ । स्वास्थ क्षेत्रमा साधारण समस्या उत्पन्न हुनसक्ने सम्भाबना रहेकोछ । तपाईको ब्यत्तिगत कार्यक्षेत्रमा अरुको दबाबको महसुस हुनसक्नेछ । सामान्य खर्चकारक दिन रहेकोछ ।

बृष राशि ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ब्यत्तित्व बिकासका निम्ती आजको दिन बिषेश महत्व पुर्ण साबित हुन सक्नेछ । पारीवारीक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित गरेको उत्तम रहनेछ । नयाँकार्य प्रारम्भ गर्न अग्रज ब्यत्तिहरुको रायसल्लाह आवश्यक देखिएकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थमा सामान्य समस्या देखापर्न सक्नेछ ।

मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह

पारिवारिक साथ सहयोग द्वारा कार्यसम्पादनमा सहयोग मिल्नाले आटँ र शाहसमा बृद्यि हुनेछ । जिबन साथिको अग्रसरतामा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । कार्यप्रतिको लगनसिलतामा बृद्यि हुनाले सामाजिक क्षेत्रमा प्रशंसित रहिनेछ । नयाँ मित्रहरु प्राप्तीको योग रहेको छ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कार्य सम्पादनमा ढिलाई रहेता पनि मित्रजनहरुको साथ सहयोग प्राप्त हुनाले आटँ शाहसमा बृद्यि हुनेछ । तपाईको कार्यसम्पादनको श्रेय अन्य ब्यत्तिहरु लाई सहज रुपमा प्राप्त हुनेछ । यात्राका क्षेत्रमा बिषेश साबधान रहनु पर्ने योग रहेकोछ । मान्यजनहरुको मार्गदर्शनले भाग्योदय गराउनेछ ।

सिंह राशि: मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सभा-सम्मेलन तथा भोजभतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय ब्यतित गर्न उत्तम समय रहेकोछ । बाणीमा मधुरता छाउनाले इष्टमित्रहरु प्रशम्सीत रहनेछन । स्वास्थ क्षेत्रमा क्रमीक सुधार आउने सम्भाबना रहेकोछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ ।

कन्या राशि :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अधिक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । स्थिर सम्पतिमा गरिएको लगानी लाभदायक हुनेछ । अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । खानपानको कारण स्वास्थका क्षेत्रमा सामान्य समस्याले सताउनेछ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्थिर सम्पति बेच बिखनले गर्दा स्थान परिवर्तनको सम्भावना रहेको छ । टाढाको मित्रसँग अप्रत्यासित भेटघाटले मन प्रफुल्लीत रहनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पु¥याउनुहोला ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

साझेदारीकार्यमा मनग्य लाभ प्राप्त हुनेछ । खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताको आवश्यक रहनेछ । प्रयत्न गर्नाले दिर्धकालिन कार्यहरु बन्नेछन । बाकपटुताको कारण कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउनेछन । मात्रृ पक्षको सहयोगद्वारा गरिएका कार्यहरु सफल हुनेछ । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक भावना अनुरुप क्रोधमा नियन्त्रण राख्नुहोला । अप्रत्याशित खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । गैर बिश्वसनिय कुराको पछि लाग्नाले कार्यमा झमेला उतपन्न हुनेछ । मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । मित्रजन तथा बिश्वासि व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला अरुको बिश्वास नगर्नु बेश हुनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरुद्वारा सम्पादित कार्यबाट यथेष्ट फाइदा लिन सकिनेछ । बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिसंगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । खानपानको योग बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द