February 1, 2020

राप्रपा र राप्रपा सँयुक्तबीचको एकता प्रक्रिया अन्तिममा भाँडियो

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तका बीच एकता गर्ने अन्तिम प्रयास विफल भएको छ। दुवै पार्टीका तीन अध्यक्षका बीच एकताको लागि शिर्ष तहमै चरणबद्ध छलफल भइरहेको थियो।

शुक्रबार काठमाडौंमा शुरु भएको राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन र अरु दुईवटा प्रतिवेदन पेश गरेपछि शनिबारसम्मका लागि बैठक स्थगित गरेका राप्रपा अध्यक्ष थापा राणा लोहनीसंग एकताको अन्तिम छलफलका लागि महाराजगन्जको एक होटलमा पुगेका थिए।

यसअघिका छलफलमा एकतापछि तीन अध्यक्ष हुने, राप्रपालाई ५५ प्रतिशत र राप्रपा संयुक्तलाई ४५ प्रतिशत भागवण्डा गर्ने सहमति भएको थियो भने चुनाव चिन्ह महाधिवेशनले टुंगो लगाउने अनौपचारिक टुंगो लागेको थियो।

तर सहमतिको अन्तिम प्रयासका लागि भएको बैठकमा डा. लोहनीले अप्रत्याशित रुपमा चुनाव चिन्हको बखेडा सिर्जना गरेपछि एकता अवरुद्ध बन्न पुगेको हो। पार्टी एकीकरण गर्ने लगभग सैद्धान्तिक सहमतिमा पुगेका दुवै पार्टीका शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको छ।

अपरान्ह ४ बजेदेखि महाराजगञ्जको होटल ला शेर्पामा राप्रपा अध्यक्ष थापा तथा राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र डा. लोहनीबीच करिब डेढ घण्टा छलफल भएको थियो। तर चुनाव चिह्नका विषयमा सहमति जुट्न सकेन।

चुनाव चिह्नलाई आगामी महाधिवेशनबाट टुंग्याउने सहमति भएको तर राणा र लोहनीले हलो चिह्न स्वीकार गर्नुपर्ने धारणा राखेको र साँझसम्म बैठक सहमतिमा नपुगेको थापा निकट एक नेताले जानकारी दिए।

‘बिहीबार भएको बैठकमा सबै विषय टुंगिएको थियो, शुक्रबार संयुक्तका शीर्ष नेताबाट चुनाव चिह्नका विषयमा नयाँ धारणा आएपछि साँझ अध्यक्षत्रयको बैठकमा त्यसबारे सहमति जुट्न सकेन’ राप्रपाका एक नेताले भने। राप्रपाले जारी केन्द्रीय समिति बैठकमा पार्टी एकता र महाधिवेशनको दुवै विकल्प खुला राखेको छ।

२०७३ फागुन ६ गते राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २०७४ भदौ २२ गते पार्टी विभाजित भएको थियो। राप्रपा समुहमा स्थापनादेखि नै टुटफुटको श्रृंखला चल्दै आएको छ।

अहिले राप्रपाको चुनाव चिह्न गाई र राप्रपा संयुक्तको हलो छ। गाई चिन्ह बाहक राप्रपाको प्रतिनिधि सभामा एक, प्रदेश सभामा तीन र १५ स्थानीय तहमा प्रतिनिधित्व रहेको छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागु गर्न तीनै नेता सहमत भएका थिए।

शिर्ष नेतृत्व तहमा भएको बिहीबारको समझदारीबाट राप्रपा संयुक्त पछि हटेपछि अब एकता टरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन्। देशमा बलियो राष्ट्रवादी पार्टी निर्माण गर्न हाम्रो सकारात्मक र इमानदार प्रयास थियो तर राप्रपा संयुक्तले धोका दिएपछि अब एकता नहुने श्रेष्ठले जानकारी दिए।

‘हामी केन्द्रीय समितिको बैठकमा छौं, निर्वाचन समितिले महाधिवेशनको विनियमावली, निर्देशिका र कार्यतालिका पेश गरेको छ, अब महाधिवेशनको दिशामा दृढतापूर्वक अघि बढ्छौं’ श्रेष्ठले भने। शनिबारको बैठकमा सातवटै प्रदेशका अध्यक्षले प्रतिवेदन पेश गरेका छन् र शनिबार सबै प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने