१५ भदाै, पर्सा । सहमतिको बाटोमा राप्रपा नेपाल आए पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले वताएका छन् । गालीगलौज छाडी सहमतिको बाटोमा राप्रपा नेपाल आए अहिले पनि पार्टी एकीकरण गर्न राप्रपा तयार रहेको बताएका राणाले वताएका हुन् ।
राप्रपा पर्साले मङ्गलबार वीरगन्जमा अयोजना गरेको ‘नारायणी अञ्चलस्तरीय कार्यकर्ता उत्प्रेरणा तथा चेतना’ कार्यक्रममा अध्यक्ष राणाले राप्रपा नेपालका नेता तथा कार्यकर्ताले गर्दै आएको गालीगलौजलाई बन्द गरी अन्तरिम विधानमा रहेका असन्तुष्टिमाथि छलफल गरी अगाडि बढे पार्टी एकता सम्भव रहेको समेत प्रस्ट पारेका छन् । वार्ता, संवाद र एकताका लागि आफूहरुले सधैँ ढोका खुल्ला राखेको बताउँदै अध्यक्ष राणाले समानताका आधारमा पार्टी एकीकरण भए एकता दिगो हुने धारणा व्यक्त गरे ।
सभालाई सम्बोधन गर्दै फरक प्रसङ्गमा बोल्दै अध्यक्ष राणाले तराईको विकास नभएसम्म मुलुकको विकास सम्भव नहुने भएकाले तराईमा पूर्वाधार विकासप्रति सरकार गम्भीर हुन आवश्यक रहेको विचार व्यक्त गरे । उनले काठमाडौं केन्द्रित विकासले पूरै देशमा विभेद गरेको बताउँदै अध्यक्ष राणाले अब विकास मधेस र पहाडको दुर्गम क्षेत्रमा हुनुपर्ने धारणा व्यक्त गरे ।
चैतमा हुने संसदीय तथा स्थानीय निकायको निर्वाचनका लागि पार्टीका कार्यकर्तालाई तयार रहन निर्देशन गर्दै अध्यक्ष राणाले स्थानीय निकायको निर्वाचनले पार्टीको हैसियतलाई मात्र नभई नेता तथा कार्यकर्ताको हैसियत समेतलाई बढाउने भएकाले जीउज्यानले निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् ।
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ