राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १४: राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे । नेतृत्वका लागि नेता लिङ्देनलेसमेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रयमध्येका थापाबाहेकका दुई पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् । उनीहरू मैदानबाहिर रहँदा समर्थन भने ‘कसलाई दिन्छन् रु’ भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।

जबराले पार्टी एकताबद्ध बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याउँदै आफू भने नेतृत्वमा नभिड्ने सन्देश दिइसकेका हुन् । ‘उहाँले म उठ्दिन भनेर भनिसक्नु भएको छ, उहाँ एकता प्रयासमा हुनुहुन्छ, सहमतिबाटै नेतृत्व चयन गर्ने जोड हो,’ जबरानिकट स्रोतले राजधानीसँग भन्यो । तर, अर्का अध्यक्ष लोहनीले पनि अध्यक्षका उम्मेदवार लिङ्देनलाई सघाउने बचन दिइसकेका छन् ।

उनले आज मंगलबार बिहान ११ बजे जमलस्थित होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमै लिङ्देनलाई सघाउने घोषणासमेत गर्दै छन् । लोहनीनिकट नेता जनकराज पाठकले नयाँ पुस्तामा पार्टी नेतृत्व सुम्पिन लोहनी तयार भएको र लिङ्देनलाई सघाउने जानकारी दिएका हुन् । राप्रपा महाधिवेशन भोलिबाट सुरु भएर १७ मंसिरमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण