राप्रपाले चुनावी कार्यदिशा तय गर्यो

७ कात्तिक, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र ‘राजासहितको प्रजातन्त्र’ नारा लिएर चुनावमा जाने भएको छ ।
हिन्दु राज्य संवैधानिक राजसंस्थालाई निरन्तरता दिनु पर्ने एजेण्डा सहित चुनावी घोषणा पत्र बनाउन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । पाठकका अनुसार घोषणापत्रमा राजसंस्थाको आदर्श उल्लेख गरी वैचारिक दृष्टिकोण बनाउन कार्यकर्ताबाट सुझाव आएको छ ।
त्यस्तै एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको छ । उत्पादन र वितरण प्रणालीलाई न्यायोचितरुपमा सबै जनताको पहुँचमा पु¥याउन आर्थिक उदारवादको लक्ष्य लिएको छ ।

पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने, व्यक्तिगत स्वतन्त्रता तथा सम्पत्तिको हकलाई सम्मान गर्ने विषयलाई प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी