राजपा बैठकमा महेन्द्र राय यादवको प्रस्ताव– संसदबाटै राजिनामा दिउँ

काठमाडौ जेठ – राष्ट्रिय जनता पार्टी नेपालले आज आन्दोलनको कार्यक्रमको घोषणा गरेको छ । सत्तारुढ दलसँग कुरा नमिलेपछि आन्दोलनको तयारीका लागि बसेको बैठकमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदबाट पनि राजिनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

 rajapa-2-1-768x463

उनले सधै एकैखालको आन्दोलनले हुँदैन, वारपारका आन्दोलनका लागि संसदमा रहेका राजपा नेपालका सांसदहरुले राजिनामा दिएर आन्दोलनमा जानुपर्ने उनको धारणा थियो । एकातिर आन्दोलन पनि गर्ने अर्कोतिर संसदबाट भत्ता बुझ्ने कार्य गर्न नहुने तर्क गर्दै उनले संसदबाट राजिनामा दिनुपर्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

जवाफमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संसदबाट नै राजिनामा दिने बेला अहिले नभएको उल्लेख गरे । आवश्यक पर्यो भने संसद छाड्न सकिने बताए । सविधान संशोधनको माग राखेर संसदबाट राजीनामा दिनु उचित नहुने धारणा राजपा नेपालका नेताहरुको रहेको थियो ।

सविधान संशोधनका लागि संसदीय गणितको कुरा आउँदा आफ्नो संसद पनि काम लाग्ने भएकाले संसदबाट तत्कालै राजीनामा दिनका लागि हतार नगर्ने तर्कहरु पनि नेताहरुको बीचमा भएको बताइएको छ ।

पत्रकार सम्मेलनमा यस विषयमा जिज्ञासा राख्दा उनले आवश्यक परे संसद छाड्ने काम पनि हुन्छ तर त्यसको बारेमा पछि छलफल गरिने प्रतिक्रिया दिएका थिए ।

२०७१ सालमा तेस्रो चरणको मधेश आन्दोलन शुरु गर्दा राजेन्द्र महतोले तत्कालिन आफ्ना दलका सभासद्हरुलाई सविधानसभाबाट राजीनामा दिन लगाएका थिए ।
राजिनामा दिएर काठमाडौ छाडेका सभासद्हरु प्रधानमन्त्रीका लागि भएको चुनावमा सुशील कोइरालाको पक्षमा मतदान गर्न संसद छिरेका थिए । त्यसबेला सो दलको निकै आलोचना भएको थियो । अहिलेको छ जनाको अध्यक्ष मण्डलमा महेन्द्र राय यादव मात्र संसद छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको