असार ३०, काठमाडौ– राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
निवेदनसँगै पेस गरेको कार्यसमितिको नामावलीमा अनिता यादव, समिम मियाँ अन्सारी, राजेश्वर महासेठ, कमलेश्वर पुरी, मनमोहन चौधरीको नाम पनि उल्लेख छ ।
राजपा नेपाल छाडेर अनिता यादव, समिम मियाँ अन्सारी र राजेश्वर महासेठ एमालेमा प्रवेश गरिसकेका छन् भने मनमोहन चौधरीले स्वतन्त्र उम्मेदवार भएर नागरिपालिकाको मेयरमा जितेका छन् । त्यस्तै कमलेश्वर पुरीले केन्द्रीय सदस्यबाट राजिनामा दिएका छन् ।
तर, राजपा नेपालले दल दर्ताका लागि असार २३ गते निर्वाचन आयोगमा निवेदन दिएपछि असार २८ गते बुझाएको कार्यसमिति सदस्यको सूचिमा उनीहरुको नाम पनि समावेश भएको हो ।
राजपा नेपालका सहमहामन्त्री रहेका समिम मियाँ अन्सारी जेठ १३ गते नै सो पार्टीबाट राजिनामा दिएर एमाले पार्टीमा प्रवेश गरेका थिए । राजपा नेपालका कोषाध्यक्ष अनिता यादव भने असार ४ गते सो पार्टी छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेमा अहिले उनीहरुले कुनै जिम्मेवारी नपाएपनि संगठनका लागि सक्रिय भइसकेका छन् ।
त्यस्तै, रुपन्देही जिल्लाका मनमोहन चौधरी जसले असार १४ गते भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदारी दिएर लुम्बनी सँस्कृति नगरपालिकाको मेयरमा जितेका छन् । उनी राजपा नेपालका केन्द्रीय सदस्य हुन् ।
राजपा नेपालका महासचिव जितेन्द्र सोनलले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावमा भाग लिने व्यक्ति राजपा नेपालमा नेता नभएको प्रतिकृया दिएका थिए । तर अहिले राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा उनको नाम पनि निर्वाचन आयोगमा पठाइएको हो ।
गोश्वामी पुरी पनि राजपा नेपालको केन्द्रीय सदस्यबाट राजिनामा दिएर स्थानीय तहको चुनावमा सहभागि भएका थिए । राजीनामा दिएका उनको पनि राजपा नेपालको केन्द्रीय सदस्यको रुपमा आयोगमा नाम पठाइएको छ ।
राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले पार्टीमा हुँदै नभएको व्यक्ति कार्यसमितिमा रहनु गलत भएको भन्दै यसलाई सच्याइनुपर्ने बताए ।
एमालेमा प्रवेश गरिसकेकी नेतृ अनिता यादवले आफूले राजपा नेपाल छाडेर एमालेमा प्रवेश गरिसकेकाले आयोगमा नाम पठाउनु गलत कार्य भएको बताइन् ।
राजपा नेपालमा राजिनामा समेत बुझाएर आफू कार्यक्रम गरेर नै एमालेमा प्रवेश गरेका हुनाले सो दलसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको प्रतिक्रिया छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।