राजपा : ओली होईन प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ

काठमाडौ, ११ पुस : राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवम् प्रदेश सभाका लागि निर्वाचित सांसद मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि एमाले–माओवादी केन्द्रवीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताएका छन् । रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा महामन्त्री सुमनले वाम गठबन्धन बनाउने घोषणा गरेकै दिन मुलुकमा कम्युनिष्ट शासन ल्याउने लक्ष्य सार्वजनिक गरेकोले आफूहरुको चाहना भनेको अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको नेता सुमनले बताए ।

यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकोले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मान गर्ने समेत बताए ।

मुलुकमा कम्युनिष्ट शासन आयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा दबदबा रहने र एकदलीय शासन लागु हुनेप्रति आफ्नो डर, त्रास र शंका रहेको उनले बताए । ‘यस्तो डर गलत सावित होस्, त्यसैले म भन्छु यो वाम गठबन्धन टुटोस्।’

सुमनले राजपा र फोरम नेपालवीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुवीच एकता हुने विश्वास दिलाए । उनले भने,‘हाम्रो विचारहरु सबै मिल्छन्, हामीवीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिलेको जनमतलेपनि हामीलाई एकताको लागि दबाब दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।’

उनले राष्ट्रिय सभासम्बन्धी गठनको विषयलाई लिएर अहिले भैरहेको विवादबारे टिप्पणी गर्दै भने,‘यो संविधानमा धेरै त्रुटिहरु छन्, यसलाई अभ्यास गर्दै जाँदा अहिले थाहा भैरहेको छ, संविधान जारी गर्ने दलहरुले अहिले यही समस्या भोगिरहेका छन्।’

उनले वाम गठबन्धनबाट सरकारको नेतृत्व वाम गठबन्धनले गर्ने निश्चित भएकोले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तुलनात्मक रुपमा राम्रो भएकोले उनको नेतृत्वमा सरकार बनोस् भन्ने आफूहरुको चाहना रहेको सुनाए ।

उनले भने,‘ओलीजी हामीप्रति निकै कडा, कठोर र कटु वचन बोल्ने नेता हुन्, भोलिसम्म यो बानी परिवर्तन हुनपनि सक्छ, तर एमाले अछुत छ, उसका नेताहरुले हामीलाई कहिले भाषाको नाममा, कहिले पहिरनको नाममा, कहिले के को नाममा गालीगलौज र तथानाम भन्ने गरेका छन्, यो आलोकमा प्रचण्ड राम्रा छन्, उनले कम्तिमा संविधान संशोधनको लागि लचकता अपनाए, पहलकदमी लिएका थिए, (भलै हुन सकेन), तर प्रचण्ड तुलनात्मक रुपमा ओलीभन्दा राम्रा छन्।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी