May 26, 2017

राजपालाई मनाउन यस्तो कसरत

जेठ १२, काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुने अवस्थामा तीन पार्टीबीच तालमेल गर्ने सैद्धान्तिक सहमति भएको छ,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

भक्तपुरस्थित ठाकुर निवासमा भएको वार्तामा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न, संविधान संशोधन र जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको माग पूरा भए निर्वाचनमा जान सकिने प्रस्ताव राख्नुभएको छ । राजपा अध्यक्ष ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिनुपर्ने र संविधान संशोधन हुनुपर्ने मागलाई चुनावमा सहभागिताको सर्तका रूपमा लिनुभएको थियो । गच्छदार र यादवसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिह्न नभएकाले निर्वाचनमा जान नसकिने बाध्यता देखाउनुभएको हो ।

स्रोतका अनुसार ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ता र चुनाव चिह्न दिलाइदिन तथा संसद्बाट संविधान संशोधन गराउनसमेत पहल गरिदिन यादव र गच्छदारलाई आग्रह गर्नुभएको थियो । ‘हामी चुनावविरोधी होइनौं तर आयोगमा न पार्टी दर्ता छ न हामीले चुनाव चिह्न पाएका छौं, अनि चुनावमा कसरी जाने ? ‘ त्रिपक्षीय छलफलमा ठाकुरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । ठाकुरको प्रस्तावमा गच्छदार र यादवले राजपालाई चुनाव चिह्न दिलाउने र सकेसम्म चुनावअगावै अन्यथा चुनावपछि संविधान संशोधन गराएरै छाड्ने आश्वासन दिनुभएको थियो ।

६ वटा मधेसकेन्द्रित दल मिलेर हालै बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । उसको कुनै चुनाव चिह्न छैन । पार्टी एकीकरणअघि राजपाका ६ वटै दलले पुरानो चुनाव चिह्न, लोगो र झन्डा प्रयोग नगर्ने निर्णय गरेका थिए । डेढ घन्टासम्म भएको छलफलमा गच्छदार र यादवले आफूहरूले राजपाको मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग पुनः अनौपचारिक परामर्श गर्ने आश्वासन दिएको दाबी स्रोतले गर्‍यो ।

चुनाव जान महन्थ ठाकुरको प्रस्ताव

– दल दर्ता र चुनाव चिह्न
– संविधान संशोधन
– जनसंख्याको आधारमा स्थानीय तह

फोरम नेपालका अध्यक्ष यादवले चुनावमा साझा उम्मेदवारी दिन सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गर्नुभएको छ । मधेसी जनताको चाहना र भावनाअनुसार स्थानीय चुनावमा सहकार्य आवश्यक रहेको यादवको तर्क थियो । ठाकुरले स्थानीय तहको निर्वाचनमा मधेसवादी पार्टीसँग मात्र नभएर अन्य राजनीतिक दलसँग पनि तालमेल हुने जानकारी गच्छदार र यादवलाई दिनुभएको थियो ।

स्थानीय तहको दोस्रो निर्वाचनमा सहकार्य गरी साझा उम्मेदवार खडा गर्ने यादवको प्रस्तावलाई गच्छदारले सकारात्मक रूपमा लिँदै मिलेर अघि बढ्न सकिने बताउनुभएको छ । ठाकुरले आन्दोलनको प्रसंग निकाल्दा यादव र गच्छदारले मधेसको उपलब्धिलाई संस्थागत गर्न आन्दोलनकै रूपमा स्थानीय चुनावलाई सदुपयोग गर्न सुझाव दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी