राजपालाई चुनावमा आउन उपेन्द्र र बाबुरामको संयुक्त आह्वान

baburam-and-upendra

 

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिले राष्ट्रिय जनता पार्टी (राजपा)लाई चुनावमा आउन संयुक्त आह्वान गरेका छन् ।फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त विज्ञप्ति निकालेर चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न आह्वान गरेका हुन् ।

‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्‍याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

सरकारले आफ्ना राजनीतिक मागहरु सम्बोधन नगरेको भन्दै दोस्रो चरणको चुनावमा सहभागी नहुने घोषणा गरेको छ ।

सबै शक्तिहरु निर्वाचनमा आउने वातावरण निर्माण गर्न पनि फोरम र नयाँशक्तिले सरकारसँग माग गरेका छन् ।

उनीहरुले दोस्रो चरणको चुनावमा पनि तालमेल गर्ने सहमति गरेका छन् । पहिलो चरणको चुनावमा पनि फोरम र नयाँशक्तिले तालमेल गरेका थिए ।

मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिने दुई दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक