राजपामाथि उपेन्द्रको हमला

upendraकाठमाडौं, बैशाख – हालै ६ ओटा मधेसी दलबीचको एकतापछि बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) प्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कडा टिप्पणी गरेका छन् । 

मधेसी दलहरुले उठाउँदै आएको एजेण्डालाई बीचमै छाडेर यादवले चुनावमा लागेको भनि राजपा पक्षधरले आरोप लगाएपछि यादवले आफूहरुविरुद्ध भ्रम फैलाउने काम भएको भन्दै बचाउ गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताए । ‘संघीय गणतन्त्रको रक्षाका लागि हाम्रो पार्टीले चुनावमा भाग लिनेको हो’, यादवले भने, ‘ मधेसको माग र एजेण्डाबाट पछि हटेको छैन। मेरो विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ ।’

मंगलबार राजपाको बैठकले यादवले चुवानमा गएर धोका दिएको भन्दै अब मधेसी मोर्चाको औचित्य समाप्त भएको बताएको थियो ।

तर यादवले मोर्चाको महत्व आफूले जति अरु मधेसी नेताले नबुझेको भन्दै ‘कसैले मोर्चाको औचित्य समाप्त भएको भन्न छ भने उसकै औचित्य समाप्त भएको बुझ्नुपर्ने’ बताए । राजपालाई हमला गर्दै उनले भने– मोर्चाको औचित्य समाप्त भएको कसैले भन्छ भने उसकै औचित्य अब सकिएको बुझ्नुपर्छ । मोर्चा सकिए मधेस आन्दोलननै समाप्त हुन्छ ।
उनले केहि पहिलेमात्रै राजपाका नेताले आफूलाई भेटेर चुनावमा गएकोमा बधाई दिएको दाबी गर्दै तर केहि नेताको रबैयाले भने आफूलाई आश्चर्यचकित बनाएको टिप्पणी गरे ।

कसैको नामै नलिइकन राजेन्द्र महतोप्रति लक्षित गर्दै उनले भने– जसले मोर्चाको औचित्य समाप्त भएको भन्छ । उसले सोल्टी होटलमा गएर पूर्वराजको भोज खाएको कुरा सबैलाई थाहैछ । कसैले ठुला कुरा नगरे हन्छ । ’
उनले राजपाले पनि चुनाव चाहेको भन्दै खाली दल दर्ता नभएको र चुनाव चिन्ह नपाएकाले मात्रै बार्गेनिङ गरिरहेको दाबी गरे ।
उनले अहिले आफ्नो पार्टीप्रति अफबाह फैलाउनुको कुनै तुक नरहेको भन्दै यादवले पार्टीले चुनावमा भाग लिएपनि चुनावअघि संशोधन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए । यस्तै मधेस र मधेसी जनताको अधिकारको लागि कुनै सम्झौता नहुने पनि यादवले बताए ।

यादवले बैशाख ३१ गते हुने पहिलो चरणको चुनावको मतगणना र दोस्रो चरणको सँगै गनिुपर्ने पनि बताए ।
यस्तै यादवले पहाडमा प्रभावै नभएको राजपाले अहिले किन उम्मेदवारी दिनु आवश्यक नै नभएको भन्दै आफ्नो पार्टीको भने ७५ ओटै जिल्लामा संगठन भएकाले उम्मेद्वारी दर्ता गराएको बताए ।
यस्तै उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्तावलाई न्यापालिकामाथिको ठाडो हस्तक्षेप भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी