२२ भदौ, काठमाडौं – राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं सांसद जंगीलाल राय एमालेमा प्रवेश गर्ने भएका छन् ।
टिकट वितरणमा आफ्ना कार्यकर्तालाई पन्छाईएपछि पार्टीको महामन्त्री पद छोडेको घोषणा गरेका असन्तुष्ट राय एमाले प्रवेश गर्ने तयारीमा लागेका हुन् ।
२ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनलगत्तै सांसद् पदबाट राजीनामा दिएर एमाले प्रवेश गर्ने रायले बताएका छन् । प्रवेश गर्दा कार्यकर्ता पनि लिएर जानु पर्ने भएकोले अहिले कार्यकर्ताका लागि चुनावमा खटिने उनको भनाई थियो ।
सर्लाही क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचित सांसद रायले एमालेमा प्रवेश गर्नेबारे माथिल्लो तहका साथै जिल्ला तहका नेताहरुसँग समेत कुराकानी भइरहेको बताए । यसअघि राजपाका सहमहामन्त्री अनिस अन्सारी र कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश गरेका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।