राजपाका नेता असन्तुष्ट

upendra-mahanthaकाठमाडौँ,  २४ कात्तिक।  सङ्घीय समाजवादी फोरम (ससफो) नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई नेपाली काँग्रेसले सघाउने भएपछि दुई नेतामा उत्साह देखिए पनि मधेसवादी दलका अन्य नेता भने असन्तुष्ट भएका छन् ।
काँग्रेस र मधेसवादी दलबीच सुरुमा लोकतान्त्रिक गठबन्धन बनाई तालमेल गर्न छलफल भएको थियो तर राजपा नेपालका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र काँग्रेस नेता विमलेन्द्र निधि एकै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएपछि तालमेलमा सहमति हुन सकेको थिएन ।
शीर्ष नेतालाई सहयोग हुने गरी तालमेल गर्ने विषयमा छलफल भए पनि काँग्रेसका कारण सहमति हुन नसकेको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताउनुभयो ।  सहमति नभए पनि काँग्रेसले फोरम अध्यक्ष यादव र संयोजक ठाकुरलाई मात्र सघाउने निर्णय गरेपछि मधेसी दलका अन्य नेता त्यसै विषयलाई लिएर असन्तुष्ट देखिनुभएको छ ।
महोत्तरी–२ बाट उम्मेदारी दिनुभएका ठाकुरलाई सघाउन काँग्रेसका बजरङ्ग नेपाली र सप्तरी–२ मा उम्मेदवारी दिनुभएका अध्यक्ष यादवलाई सघाउन काँग्रेसका सकलदेव सुतियारले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
अध्यक्ष यादव र संयोजक ठाकुरलाई सघाएपछि काँग्रेसले धनुषा–३ बाट राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोलाई फिर्ता गराउन दबाब दिइरहेको छ ।  तर, महतो उम्मेदवारी फिर्ता नलिने अडानमा हुनुहुन्छ ।  नेता महतोले भन्नुभयो, “मैले किन उम्मेदवारी फिर्ता लिने, विमलेन्द्रजीले फिर्ता लिए भइहाल्यो नि ।  शीर्ष नेताहरूलाई सघाउने सहमति भए निधिले मेरा लागि छाड्नुपर्ने हो । ”
काँग्रेसले यादव र ठाकुरलाई सघाउने निर्णय लिएपछि अब मधेसवादी दलले केही स्थानमा काँग्रेसलाई सघाउनुपर्ने नेता निधि पक्षको दाबी छ ।  नेता महतोले आफ्नो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ मा उम्मेदवारी दिनुभएकाले महतोले उम्मेदवारी छाड्नुपर्ने निधि पक्षको दाबी छ ।
नेता महतोले सर्लाही–४ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको थियो तर त्यहाँ काँग्रेस नेता डा. अमरेशकुमार सिंहले उम्मेदवारी फिर्ता लिन नमानेपछि उहाँ धनुषा–३ मा जानुभएको हो ।
महतोले सर्लाही–४ बाट नेता सिंहलाई फिर्ता गराउन वा धनुषा–३ बाट निधिलाई फिर्ता गराउन काँग्रेससमक्ष प्रस्ताव गर्नुभएको थियो तर दुई जनामध्ये कसैले फिर्ता लिन नमानेपछि उहाँ धनुषा–३ मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
सर्लाही–२ का लागि प्रतिनिधिसभाका उम्मेदवारी दिनुभएका राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवको प्रतिस्पर्धी नेपाली काँग्रेसका जङ्गीलाल राय यादव रहनुभएको छ ।  जङ्गीलाल राय यादव राजपा नेपालको महासचिव हुनुहुन्थ्यो ।  स्थानीय चुनावमा पार्टीले टिकट बाँडफाँटमा अनियमितता गरेको भन्दै उहाँ पार्टी छाडेर काँग्रेसमा जानुभएको हो ।
नेता जङ्गीलाल र रायबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  महेन्द्र राय यादवले भन्नुभयो, “चुनावमा तालमेल गर्ने काँग्रेससँग कुनै सहमति भएको होइन तर एउटै दलका एक जना नेतालाई जिताउने गरी फिर्ता लिने र अर्कोमा फिर्ता नलिनु भनेको नेताको बीच द्वन्द्व सिर्जना गराउनु हो । ” व्यक्तिगत सम्बन्धले पनि उपेन्द्र र महन्थको क्षेत्रबाट काँग्रेसले उम्मेदवारी फिर्ता लिएको होला तर यसबाट काँग्रेसले मधेसमा द्वन्द्व फैलाउन चाहेको आरोप उहाँले लगाउनुभयो ।
महोत्तरी–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुभएका शरत्सिंह भण्डारीसँग काँग्रेसका किरण यादव प्रतिस्पर्धामा हुनुहुन्छ ।  किरण यादव र भण्डारीबीच पनि कडा प्रतिस्पर्धा हुने अनुमान  छ ।  यादवलाई पनि उम्मेदवारी फिर्ता गराउने प्रयास भएको थियो तर उहाँको साटो मधेसवादी दलका नेतामध्ये कसले छाड्ने निश्चित नभएपछि उहाँले पनि नछाडेको स्रोतले जानकारी दिएको छ ।
त्यस्तै सिरहा–४ मा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवसँग नेपाली काँग्रेसका गणेश मण्डलले प्रतिस्पर्धा गरिरहनुभएको छ भने अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झासँग काँग्रेसका नेता कृष्ण यादवले प्रतिस्पर्धा गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता एवं कृषिमन्त्री रामकृष्ण यादवले नेपाली काँग्रेसले मधेसवादी दलका दुईजना शीर्ष नेताको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ तर मधेसवादी दलले हालसम्म कतै पनि उम्मेदवारी फिर्ता नगराएको बताउनुभयो ।  “काँग्रेसले दुई ठाउँबाट आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मधेसवादी दलले यो कुरा आफैँ बुझेर फिर्ता लिनुपर्ने हो”, उहाँले गुनासो गर्नुभयो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण