अस्पतालका डा. शेरबहादुर पुनका अनुसार मैतीदेवी र ललितपुरका तीनजनामा हेपाटाइटिस ‘ई’ देखिएको हो । सन् २०११ मा विराटनगरमा एक महिनाको अवधिमा हेपाटाइटिस ‘ई’का कारण १४ जनाको मृत्यु भएपछि यो रोगबारे चासो बढ्न थालेको हो । धेरै अस्पतालले परीक्षण गर्दा सामान्य रूपमा लिइदिने गरेका कारण पनि यसको समस्या बढ्ने गरेको डा. पुनले बताए । ‘बिरामीहरूले सुरुमा उपचार गराउन निजी अस्पताल रोज्ने गरेका छन् । स्वास्थ्य परीक्षणमा निजी अस्पताल तथा नर्सिङ होमहरूले स्पष्टका साथ रोग नभनिदिँदा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्न पुग्छ । औषधि नपाउने भएका कारण पनि हेपाटाइटिस ‘ई’का बारेमा सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भने ।
हेपाटाइटिस ‘ई’को उच्च जोखिममा गर्भवती महिला र बच्चा पर्ने गरेको अस्पतालका निर्देशक खरेलले बताए । ‘अरू जन्डिसजस्तो हेपाटाइटिस ‘ई’ होइन । गर्भवती भएका वेला महिलामा हर्मोन परिवर्तन हुने गर्छ । यसले कलेजोमा संक्रमण गर्ने भएकाले आमा र बच्चा दुवैमा बढी खतरा हुन्छ,’ उनले भने ।
हेपाटाइटिस ‘ई’ भएका गर्भवतीमध्ये ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘ई’कै कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । त्यसैले गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने डा. पुन बताउँछन् । ‘हेपाटाइटिसलाई जन्डिस मात्रै भन्ने चलन छ । इपटाइटिस ‘ए’ ‘बी’ ‘सी’ र ‘ई’ छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ पानीबाट नभई रगतको माध्यमबाट सर्ने गर्दछ ।
तर, ‘ए’ र ‘ई’ पानी र खानेकुराको प्रयोगबाट सर्ने गर्छ,’ डा. पुनले भने, ‘कुनै पनि कोणबाट गर्भवती महिलालाई हेपाटाइटिस ‘ई’ हुनुहुँदैन । यदि ‘ई’ भएको अवस्थामा गर्भवतीको पेटमा रहेको बच्चाको मृत्यु हुनुका साथै आमाको समेत मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको