May 4, 2017

राजधानीमा कडा सुरक्षा व्यवस्था

वैशाख २१, काठमाडौंँ – महानगरीय प्रहरी कार्यालयले स्थानीय चुनावका लागि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाएको छ ।  कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले काठमाडौँ, ललितपुर र भक्तपुरको सुरक्षाव्यवस्था प्रभावकारी बनाइएको जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।

मङ्गलबार उम्मेदवारी दर्ता भएसँगै उपत्यकामा चुनावी चहलपहल बढेको छ ।  चुनावको सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले टेकुमा जिल्ला निर्वाचन सुरक्षा सेलसमेत खडा गरेको छ ।  सेलको निरीक्षणका क्रममा भण्डारीले उपत्यकाको निर्वाचन शान्त, सुरक्षित र व्यवस्थित वातावरणमा सम्पन्न गर्न र गराउन तीनवटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशनसमेत दिनुभयो ।
निर्वाचन सुरक्षाका लागि सई (प्रहरी नायब निरीक्षक) र असई (प्रहरी सहायक निरीक्षक)को कमान्डमा म्यादी प्रहरीसहितको सुरक्षाकर्मीको टोली मतदानस्थलमा परिचालन गरिएको छ ।  महानगरीय प्रहरीले ललितपुर र भक्तपुरभन्दा काठमाडौँ जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारेको छ ।
निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियामा खलल पु¥याउने कार्य गर्नसक्ने भएकाले काठमाडौँलाई विशेष सुरक्षा निगरानीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक छविलाल जोशीले निर्वाचन बिथोल्ने र जबर्जस्ती गर्न खोज्ने पार्टी, व्यक्ति र समूहको पहिचान गरी पूर्वसुरक्षा तयारी अपनाइएको बताउनुभयो ।
काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिकाका ३२० मतदानस्थलमा ६८६ मतदान केन्द्र छन् ।  मतदान केन्द्रको सुरक्षाका लागि दुई हजार ६६० प्रहरी, दुई हजार ७५८ जना म्यादी प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै ललितपुरमा १३१ मतदान स्थलका २६५ मतदान केन्द्रमा एक हजार ४१२ प्रहरी,  ९०२ म्यादी र भक्तपुरमा ७८ वटा मतदान स्थलका १९१ मतदान केन्द्रका लागि ७३४ प्रहरी, ६०८ म्यादी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने १५४ वटा ‘मोबाइल’ गस्ती, १५४ वटा ‘स्ट्राइकिङ’ सुरक्षा गस्ती परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने