May 4, 2017

राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण : यसरी छुटे विद्यार्थी

बैशाख २१, काठमाडौं – त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए ।

मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दिपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए ।

ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भएपनि अन्य ४ जनालाई भने सँगै लगेका थिए ।

उनीहरुले एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए ।

त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी