राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुर्नस्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए ।’ थापाले भने–‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिसातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासन सत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउँन थाले । नेकपाभित्रका असन्तुष्ट समुहलाई उक्साए उत्तेजित बनाएर उनीहरुले पार्टी बिभाजन गराउँन सफल भए ।’
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट हरेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको उनको तर्क छ । राजावादीको डिजाईन अनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै उनले प्रतिगामी र अवसरवादीसँग आत्मासमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको बताए । नेकपा बिभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले सहपार्टीदेखि सवै जनता विभाजनप्रति असन्तुष्ट रहेको भएपनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी सक्तिहरुले खुशीयाली मनाईरहेको थापाले बताए । यो समाचार आजको राजधानी दैनिकमा रविन कटेलले लेखेका छन् ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र