July 8, 2017

राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

असार २४,
 

 

काठमाडौं – नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ ।‘राजतन्त्रबारे जनमतसंग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।

महान् राजनीतिक दार्शनिक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुलु को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टीु गरेकै कारण आज गणतन्त्रप्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उहाँले दिनुभयो ।रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमतसंग्रह गर्न दललाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी, सर्वसाधारणको दैनिकीलगायत क्षेत्रमा गणतन्त्रका ठेकेदारहरूले गरेको लुट नै आजको असन्तुष्टि हो । महेन्द्रले जग बसालेको आर्थिक पूर्वाधारसमेत प्रजातन्त्र र गणतन्त्रका नाममा सिध्याउने कार्य प्रमुख दलबाटै भएको छ । त्यसैले मुलुकको इतिहास र भूगोल बचाउन पनि राजतन्त्र अपरिहार्य छ ।’गोरखनाथ मृगस्थली पुस्तकालयमा कार्यरत बालानाथले मुलुक अत्यन्त जटिल र गम्भीर अवस्थाबाट गुज्रिरहेकाले यो देशको संस्कार, संस्कृति र सभ्यता जोगाउन पनि राजतन्त्र आपरिहार्य रहेकोमा जोड दिनुभयो ।

सिन्धुपाल्चोकका ६३ वर्षीय केशर खड्काले महाभूकम्पबाट पिल्सिएका सिन्धुपाल्चोकलगायत जिल्लाका पीडितको जप ‘राजा आऊ छाना देऊु भन्ने रहेको बताउनुभयो ।तत्कालीन राजसभाका सदस्य गुल्मीका ८४ वर्षीय वैकुण्ठबहादुर चन्दले गणतन्त्र नचल्ने भन्दै राजा चाहिनेमा जोड दिनुभयो ।स्थानीय चुनाव भए पनि मुलुकमा शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘जनताको कर लुट्दै चुनावमा जाने सत्ता र प्रतिपक्षी दलले २१ औं शताब्दीका युवाको मागलाई सम्बोधन गर्न सक्दैनन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक