काठमाडौं, ६ फागुन । विभिन्न राजनीतिक विषयमा विवादास्पद धारणा राखेर चर्चामा आइहने एक राजनीतिक विश्लेषकले रविन्द्र मिश्रको नयाँ पार्टीलाई गम्भिर आरोप लगाइदिएका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पूर्व पत्रकार रवीन्द्र मिश्रले बनाउँन लागेको साझा पार्टीलाई सिके राउतकै निरन्तरताको संज्ञा दिएका छन् ।
‘जीवनभर जागिर खाने । ती संस्थामा बस्दा हिजो नेपाल र नेपालीको विरुद्धमै मुहिम छेँड्ने । अहिले आएर राजनीतिको कुरा गर्ने, दलको कुरा गर्ने,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्,‘नयाँ शक्ति र साझा पार्टीको नैतिक धरातल मैले देख्दिनँ ।’
उनले साझा पार्टीका अभियानता रवीन्द्र मिश्रप्रति गम्भिर आरोप लगाइदिएका छन् ।
भिडियाे हेर्नुहाेस्
‘साझा पार्टीका व्यक्ति तिनै व्यक्ति हुन् । जुन संस्थामा बसेर उनीहरुले नेपाललाई भारतमा मिसाए कस्तो होला भन्ने मुहिम चलाए । १५ वर्ष भित्रको कुरा हो । बीबीसीमा बसेर नेपाललाई इन्डियामा गाभे कस्तो हुन्थ्यो होला भनेर अभियान चलाउने अधिकार कसरी प्राप्त भयो ?’ उनले भनेका छन्,‘ रवीन्द्र मिश्रकै कुरा गर्ने हो भने जतिसमय बीबीसीमा बस्नु भयो कुन प्रवृतिलाई उहाँले प्रवर्दन गर्नु भयो ? राजनीतिक रुपमा केजिरिवाल बन्ने सपना देखेका छन् । सिके राउतकै श्रङ्खलाहरु हुन् यीनीहरु ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द