यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या

Sex-1

८ असार , एजेन्सि – यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ ।

पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

यौन सम्पर्क नराख्दा यौन इच्छा घट्छ भन्ने कुरामा सत्यता पाइँदैन । तर केही समय प्रबल इच्छा भएपनि सम्भोग गर्न छोडेमा सम्भोग इच्छा भने बिस्तारै घट्दै जान्छ । पुरुषका लागि सम्भोग र चरम आनन्द यौन अनुभवसँग पनि जोडिएको हुन्छ । ज्यादै कम पुरुषले मात्र सम्भोगबाट चरम आनन्द प्राप्त गर्न सक्दैनन् । तर महिलाको हकमा भने २५ प्रतिशतले चरम आनन्द लिन सक्दैनन् ।

बढी मात्रामा मदिरापान गर्नाले यौन क्षमतामा प्रतिकूल प्रभाव पर्छ । मदिरापानले यौन इच्छा केही समयका लागि बढाए पनि यौनशक्ति घटाउने चिकित्सकको भनाइ छ । अर्को कुरा केही गर्भनिरोधक चक्कीले हर्मोनका कारण केही महिलामा यौन इच्छा घटाउन सक्छ । यस्तो अवस्थामा केही समय हार्मोन चक्की खान छाडेमा पुन यौनइच्छा बढ्न जान्छ । कसैलाइ मधुमेह, क्यान्सर र निद्रा लाग्ने औषधिले पनि यौन क्षमतामा प्रतीकूल असर गर्छ । चुस्त यौन जीवनका लागि यौनांगलाई सधैं सफा गर्नुपर्छ । यसबाहेक यौनका लागि मुखको सरसफाइ पनि राम्रो हुनुपर्छ । श्वास गन्हाउने समस्या भएमा यौन जीवनमा प्रतिकूल असर पर्नसक्छ ।

धेरै मानिसलाई मुख मैथुन अप्राकृतिक र फोहोरी लाग्छ । तर यो व्यक्तिगत सोचसँग सम्बन्धित कुरा हो । यदि राम्रो सरसफाइ र सुरक्षित भए मुख मैथुनलाई नराम्रो मानिँदैन । यदि यौन रोग र सरसफाइ राम्रो नभएमा चाहिँ मुख मैथुन हानीकारक हुन्छ ।

अर्को कुरा सम्भोगपछि पनि अर्काप्रति माया व्यक्त गर्नुपर्छ । यौन साथी सन्तुष्ट भए नभएको बुझ्नुपर्छ । पुरुषले चरम आनन्द लिँदैमा सम्भोग क्रिया पूर्ण भयो भन्ने सोच्नु हुँदैन । स्त्रीलाई चरम आनन्द भयो वा भएन भन्ने विशेष विचार पु¥याउनु पर्छ । कुनै स्त्रीलाई एक पटकभन्दा बढी चरम आनन्दको चाहना पनि हुनसक्छ । तुलनात्मक रुपमा पुरुषलाई भन्दा स्त्रीलाई चरम आनन्दमा पुग्न धेरै समय लाग्छ ।

तर स्त्रीलाई एक पल्टको सम्भोगमै चरम आनन्द प्राप्त हुनसक्छ । त्यसैले सम्भोग क्रियामा स्त्री भन्दा पुरुष विशेष चनाखो भएर दुबैलाई मजा आउने आसन र क्रियाकलाप गर्नुपर्छ ।

सभोगमा स्त्रीले पनि पुरुषलाई हौसला दिनुपर्छ । आज मलाई खुब मज्जा भयो भन्ने शब्दले पुरुषलाई खुसी तुल्याउँछ । स्त्री पनि त्यस्तै कुरा सुन्न चाहेकी हुन्छिन् । कामुक आमा बाबुका सन्तान पनि कामुक हुन्छन् भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ । अर्को कुरा वातावरण र खानपानमा पनि यौन इच्छा ३३ प्रतिशत निर्भर गर्छ भनिन्छ । बाँकी दुई तिहाइ प्राकृतिक रूपमा प्राप्त हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि