यो हो पहिलो रोबोट पत्रकार, एक सेकेण्डमा लेख्छ ३ सय शव्द

robart

अक्षरको खेती गर्ने पत्रकारहरुको जागिर धरापमा पर्ने देखिएको छ । किनकी एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा उत्रिएको छ ।

जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार कुनै चमत्कार भन्दा कम छैन ।

चीनले हालै एउटा यस्तो रोबोट पत्रकार तयार गरेको छ जोसँग लेखनको अद्भुत क्षमता छ । यो पहिलो रोबोट पत्रकारले लेखेको लेख चीनको सदर्न मेट्रोपोलिस डेलीमा छापिइसकेको छ ।

एक सेकेण्डमा कुनै गल्ती विना नै ३ सय शव्द सजिलैसँग लेख्न सक्ने यो रोबोटले आफ्नो पहिलो लेख चाहीँ वसन्त उत्सवका बेला यात्रीहरुको ठूलो भीडका बारेमा लेखेको छ ।

चीनले पहिलो रोबोट पत्रकार खटाएसँगै पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको छ । यसले केवल समाचार मात्र लेख्दैन, घटना समाचारमाथि विश्लेषण पनि गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको