यो देशको लागि बलिदान हुन अहिले पनि तयार छु,अध्यक्ष ओली


७ असोज,काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशको लागि बलिदान हुन अहिले पनि तयार रहेको बताउनुभएको छ। आज युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई संबोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो।

अधिनायकवादका विरुद्ध लड्नका लागि आफूसँग युवा जोश रहेको बताउंदै ओलीले भन्नुभयो ‘एक–दुईजनालाई लहड चल्यो भनेर कानून मिचेर चल्न पाईदैन। उनीहरूका यस्ता क्रियाकलापको विरुद्ध हामी नबोल्ने हो भने को बोल्छ ? त्यस कारण कडा प्रहारको जरुरी रहेको छ । अधिनायकवादी, तानाशाही व्यवहार सरकारले देखाउँछ भने, गठबन्धनको धम्की देखाउँछ भने जहिलेसुकै लड्न तयार हुनुपर्छ।एमालेबिरुद्ध सामाजिक सन्जाल र मिडियाबाट प्रहार हुंदैछ,त्यसका बिरुद्ध सम्पूर्ण युवाहरू अरिंगाल बनेर जाई लाग्दै प्रतिक्रियावादी हरुको षड्यन्त्र ध्वस्त पार्न जरुरी छ।’

अध्यक्ष ओलीले भन्नुभयो ‘कहिले साइबर सेना, कहिले साइबर सर्कल भन्या सुन्छु । तर न सेना बन्यो न सर्कल बन्यो । अस्ति भर्खर पार्टीका एक जना नेताविरुद्ध धूमधामको आक्रमण भयो । तर, कोही बोल्दै बोलेन । मानिलिऊँ उ एक्लै छ जस्तो अवस्था सिर्जना भयो । कतिपय त आफ्नै साथीहरू पनि विपक्षीको भड्काउमा लागे ।’

अध्यक्ष ओलीले भन्नुभयो,अहिले पनि म भन्छु लोकतन्त्रको रक्षाका लागि लड्नुपर्‍यो भने मेरो उमेर ५० वर्ष अगाडि फर्किन्छ । ५० वर्षअगाडिको बैंश निकालेर अधिनायकवादका विरुद्ध लड्न तयार छु । जस्तासुकै परिस्थितिको सामना गर्न तयार छु । यो देशको लागि बलिदान हुन अहिले पनि तयार छु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा