योगको अभ्यास गर्दा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण नियमहरु


योग पुर्वीय दर्शनको महत्वपूर्ण पाटो हो । हामी ऋषिमुनिका सन्तान हौं त्यसकारण योग हाम्रो दैनिकी बन्नुपर्छ । आज देश बिदेश बाट आयातित विभिन्न वादले थलिएको छ र भौतिकवादको कुहिरोमा रुमलिएर हामी ऋषिमुनिका सन्तान सिसिमुनी पुगेको स्थिति छ ।

आत्मशान्ती बिश्वशान्ती भनिएको छ। त्यसैले योगमार्ग भनेको शान्तिको मार्ग हो । हाम्रा पुर्खा घण्टौं हावामा उड्न सक्थे । घण्टौ पानीमा तैरिन सक्थे । यो सबै योग,ध्यान र तपको बलमा मात्र संभव हुनेगर्थ्यो। आज बिस्तारै-बिस्तारै आध्यात्मिक र यौगिक जागरण पैदा भएको पाईन्छ।बुझ्नेहरुले बिद्यालयहरु देखी विभिन्न योगशिविरहरुनै संचालन गरेर योगबिज्ञान बारे प्रशिक्षण र ध्यानशिविरहरु चलाईरहेका छन।नेपालीहरु गाँस,बास र कपासको चिन्ताबाट अलि माथी उठेर योगाभ्यास मार्गमा लाग्नु आजको आवश्यकता बनेको छ ।

त्यसैले योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । हामीले सद्‌गुरुको प्रवचनमा आधारित रहेर केही  पक्षहरूलाई बुंदागत रुपमा प्रस्तुत गर्न खोजिरहेका छौँ । जसले योगको अभ्यास गर्दा सहायता गर्नेछ ।

१ आँखा बन्द रहनुपर्छ-यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा संसार बन्द भएको हुन्छ । अतः आँखाहरू बन्द रहेको बेलामा नै कुनै पनि कुरालाई आफूभित्र समाहित गर्ने प्रक्रिया सबैभन्दा उत्तम हुन्छ । जब तपाईं योग–आसनको अभ्यास गर्नुहुन्छ, तब तपाईं भित्री आयाममा केही गर्न चाहिरहनु भएको हुन्छ, त्यसैले आँखा बन्द राख्नु अपरिहार्य छ ।

२ पेट खाली हुनुपर्छ-योग अभ्यासहरू व्यायाम होइनन्, यो तपाईंको शरीरलाई पुनर्गठन गर्ने अनि आफूले चाहेअनुसार नै आफूलाई पुन: निर्माण गर्ने विधि हो । त्यसो हुन दिनको लागि शरीरबाहेक अरू केहि पनि रहनुहुँदैन ।

३ चिसो पानीले नुहाउनु उत्तम-आफ्नो अभ्यास शुरु गर्नुअघि कोठाको तापक्रमभन्दा ५-६ डिग्री कम तापक्रमको पानीमा डुबुल्की लगाउनु वा शरीरमा पानी खन्याउनु सबैभन्दा उचित हुन्छ । यदि तपाईंले यसो गर्नुभयो भने, छालाका कोषिकाहरूबिच हुने छिद्रहरू खुल्दछन्, जुन योग–अभ्यासको निम्ति अपरिहार्य हुन्छ ।

४ सुखम् स्थिरम् आसनम्-योग–आसनहरूको अभ्यास गर्नुको अभिप्राय भनेको यस्तो अवस्थामा पुग्नु हो, जहाँ तपाईंको आसन आरामदायक र स्थिर हुन्छ । त्यस अवस्थामा तपाईं जतिसुकै घण्टा बस्नुभयो भनेपनि, भित्र कुनै पनि खलबली नपुऱ्याइकन तपाईंको शरीर त्यही स्थितिमा रहिरहन्छ । र, यही अवस्थामा तपाईंको बोध–क्षमता बढदै जान्छ ।

५ ऐना हेर्नु र सङ्गीत सुन्नु हानिकारक-तपाईंले हठ–योग अभ्यास गर्दा कहिल्यै पनि ऐना वा सङ्गीतको प्रयोग गर्नुहुँदैन । ऐनाको प्रयोग गर्ने प्रचलन जिम्न्यासियम (जिम) बाट आएको हो, किनकि उनीहरू आफ्ना शरीरको प्रशंसा गर्न चाहन्छन् । योगमा त्यस्तो मनोवृत्ति पटक्कै हुनहुँदैन ।

६ अभ्यास गर्दा बोल्नुहुँदैन-आसनहरूले ध्यानको अवस्थामा रहन सहायता गर्छन् । तपाईं यत्तिकै स्थिर भएर रहन नसक्नु भएकोले नै ध्यानको अवस्थामा पुग्नको लागि अरू केहीको सहायता लिइएको हो । जुन स्थिति सबैभन्दा आरामदायक र स्थिर हुन्छ, त्यही तपाईंको आसन हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आजको मौसम :  बागमतीमा हिमपातको सम्भावना

  माघ ५,काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले कोशी र गण्डकी प्रदेशका केही

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र