युनिभर्सिटी कप टी-ट्वान्टी क्रिकेट भोलिदेखि

university-cup-cricket-768x494२१ चैत, काठमाडौं । युनिभर्सिटी क्रिकेट क्लवको आयोजनामा हुने युनिभर्सिटी कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।

उपत्यकाका १५ कलेजका १६ टिमले सहभागिता जनाउने प्रतियोगिताका सबै खेलहरु कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । प्रतियोगिता भोलिदेखि चैत २९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल इञ्जिनियरिङ कलेजको दुई टिम, त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस, निस्ट कलेज, ग्लोवल कलेज, सेन्ट लरेन्स कलेज, शंकरदेव क्याम्पस, शहीद स्मारक क्याम्पस, पाटन एकेडेमी अफ हेल्थ साइन्स, कसकस कलेज, नेपाल कमर्स क्याम्पस, राजर्षी क्याम्पस, के एण्ड के क्याम्पस, गोल्डेन गेट कलेज र काठमाडौं विश्वबिद्यालयको टोलीले सहभागिता जनाउनेछन् ।

नयाँ खेलाडीको उत्पादन मूख्य उद्देश्यको रुपमा लिइएको प्रतियोगिताका पाँच उत्कृष्ट खेलाडी र ३ उदयीमान खेलाडीलाई ग्रेड हिमालयन क्रिकेट एकेडेमीले एक बर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरु खेलाउनेछ ।

१० लाख अनुमानित बजेट रहेको प्रतियोगिताको उपाधि बिजेताले १ लाख र उपबिजेताले ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिता नकआउट फर्म्याटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति