युएईविरुद्ध नेपाललाई छैटौं  सफलता,सागरले लिए विकेट

 

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा नेपालबिरुद्ध युनाइटेड अरब इमिरेट्स ९युएई० ले आफ्नो छैटौं विकेट गुमाएको छ । 

शेख जायद क्रिकेट रंगशालामा नेपालविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले छैटौं  विकेटको रुपमा मोहमत बोटालाई ३७ रनमा गुमाएको हो । उनलाई नेपालका सागर पुन आउट गरे  ।  

नेपालविरुद्ध छैटौं  विकेट गुमाएसँगै ४० ओभरको खेल जारी रहँदा युएईले ६ विकेट गुमाएर १३४ रन बनाएको छ । युएईका एड्नन मुफ्ति ६० रन बनाएर अविजित छन् ।

यसअघि युएईका कप्तान रोहन मुस्ताफा ८ रनमा आउट भएका थिए । त्यस्तै उस्मान महमद ५,  अस्फाक अहमेद ४ र  रामिज साहजाद ३ रनमा आउट हुँदा गुलाम सब्बीर सुन्य रनमा पेभेलियन फर्किए । नेपालका सोमपाल कामीले ४ तथा कप्तान पारस खड्काले १ विकेट लिएका छन् ।

बुधबार भएको पहिलो खेलमा युएईसँग हार ब्यहोरेको नेपाल अन्तिम खेलमा भने जित हात पार्ने रणनीतिको साथमा मैदानमा उत्रिएको छ । युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

च्याम्पियनसिपबाट विश्वकप छनोटमा पुग्न र डिभिजन २ मा घटुवा भएको दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको रुपमा मात्र रहने छ ।  यस्तै यो खेललाई आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताको तयारीको रुपमा लिइएको छ ।

नामिवियामा हुने डिभिजन २ मा  नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्ने छन् । डिभिजन २ मा शीर्ष दुईमा रहने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति