यी हुन् महिलाका खास समस्याहरु

female-1-800x443

योनि चिलाउने : यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने । यो समस्यामा सेतो पानी बग्ने तथा योनिका भित्ताहरुमा चिलाउने हुन्छ । चूर्णा परे पनि गुह्द्धारबाट सर्दैसर्दै वर आइपुग्छन् र योनि चिलाउने हुन्छ । हर्षा भएमा, न्यूरोसिस र महिनावारी हुनुभन्दा पहिले पनि यौनी चिलाउने गर्छ । गर्भवती अवस्था यस्तो समस्याले बढी नै सताउछ, राती गुम्सिएपछि त कन्याउँदा घाउ पनि हुन्छ । पिसाब मात्र जाँच गरेमा पनि धेरै कुरा पत्ता लाग्छ । यदि कारण पत्ता लागेन भने चिलाउन रोक्ने उपाय अपनाउनु पर्छ । चिलाउन रोक्ने, निद्रा नपरेमा निद्राको औषधि दिन सकिन्छ । रोग निको पार्ने पहिलो कडी सरसफाई अपनाउनु हो । भल्भमा क्यान्सर भएर चिलाउँने समस्या देखिएको हो, भने यसलाई त शल्यक्रियाबाटै उपचार गर्नुपर्छ ।

 योनिबाट पानी बग्नु : योनिका केही तन्तुबाट श्राव पैदा हुन्छ । सर्भिक्स र यसको ग्रन्थीहरुबाट म्यूकस सेक्रेशनको आपूर्ति भएराखेको हुन्छ । महिनावारीको बेलामा इन्डोमेटियमबाट सेक्रेशन निस्कन्छ । यौनक्रिडाको बखत ग्रन्थीबाट श्राव हुन्छ । सबै महिलाहरुमा योनीमार्गलाई चिल्लो पार्न केही श्राव भइराखेकै हुन्छ । बढी श्राव भयो भन्दैमा केही चिन्ता गर्नुपर्दैन ।

रक्तश्राव धेरै हुनु : धेरै दिनसम्म रक्तश्राव भइराखे रक्तल्पता हुनसक्छ । यो रोग होइन तर रोगको लक्षण हो । सामान्य कारणमा पेल्भिक क्षेत्रका दिर्घरोगहरु हुन सक्छन् । अर्को कारणमा, शरीरमा इष्ट्रोजेन हर्मोन बढी निस्कनु पनि हो । धेरै दिनसम्म महिनावारी रोकिएर रक्तश्राव भएमा पनि धेरै रगत हुन्छ ।

 

अनियमित रक्तश्राव हुनु : यो क्यान्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन्  को अवस्थापछि पनि रक्तश्राव भएमा क्यान्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स  देखिएमा पाठेघरको क्यूरेट गरेर जाँच्नु पर्छ । अनियमित रक्तश्राव हुने कारणमा पोलिपको कारणले, गर्भपतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रावलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन ।

महिनावारी : प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्राव योनिबाट बाहिर निस्कन्छ र यसले गर्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महिनावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महिनावारी भएमा र १७ बर्षसम्म पनि नभएमा स्त्रीरोग विशेषज्ञसँग जचाउँनुपर्छ । यो रक्तश्राव हुने प्रक्रिया ३ देखि ५ दिनसम्म हुन्छ । महिनावारी सुरु हुनु किशोरी अवस्था समाप्तिको सङ्केत हो । यसको अर्थ बिहे गरी दिनुपर्छ भन्ने होइन । धेरै रक्तश्राव र कम रक्तश्राव दुबै खतराका सङ्केत हुन । रजस्वला हुँदा करिब ५० मि.लि. रगत बग्छ । एक रजस्वला भएदेखि अर्को रजस्वला हुने अवधिलाई रजस्वला चक्र भनिन्छ । धेरैजसो महिलाहरुको चक्र २१ दिन र २८ दिन हुन्छ ।

रजस्वलापछि अण्डाबाट इप्ट्रोजन निस्कन्छ, करिब १३–१४ दिनपछि एउटा अण्डा वा फुल निस्कन्छ । यसले गर्भाशयमा बच्चाराख्ने शक्ति बृद्धि गर्छ तर गर्भ नरहेमा सानो हुँदै बिलाएर जान्छ । साथसाथै हर्मोनको उत्पादन घट्दै जान्छ र रगतका नली फुटी रगत बग्छ । गर्भ नरहेमा रजस्वला हुन्छ ।

– डा. विष्णुप्रसाद पण्डितको तत्काल डाक्टर नभएमा पुस्तकबाट साभार (साझा सबाल)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि