यी हुन् गृहमन्त्री निधिले देखेका सुरक्षा चुनौती

Rss_Images_1490449291786_SS_Kanchanpur_040216_4-e1490448911779

काठमाडौ, बैशाख ६– सरकारले बैशाख ३१ गते जसरी पनि स्थानीय तहको चुनाव गराउन तयारी गरिरहेको छ तर सरकारकै गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा ‘थ्रेट’ रहेको व्याख्या गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि त्यस्तै भयो । सामाजिक सञ्जाल ट्वीटरमा सुरक्षा चुनौतीबारे ट्वीट गर्दा निधिको चर्को आलोचना भएको थियो । चुनावमा सुरक्षा थ्रेट देखाएर विवादमा तानिएका गृहमन्त्री निधिले बुधबार बालुवाटारमा बसेको बैठकमा पनि चुनावमा सुरक्षा थ्रेट रहेको ब्रिफिङ गरेका थिए ।

सीके राउत, जयकृष्ण गोइत, नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी लगायतका कारण सुरक्षा चुनौति रहेको गृहमन्त्री निधिले वैठकमा स्पष्ट राखेका थिए । तर उनले यसलाई नेपाल प्रहरीले व्यवस्थापन गर्न सकेपनि तराई मधेशमा देखिएको राजनीतिक असुरक्षालाई कसरी समाधान गर्ने भनी प्रश्न तेर्साए ।

उनले सरकारले जस्तो तयारी गरेपनि तराई मधेशमा सुरक्षा चुनौति कायम रहेको कुरा राखेको बैठकमा सहभागि एक नेताले जानकारी गराए । सीके राउत, जयकृष्ण गोइत, नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टी लगायतका कारण सुरक्षा चुनौति रहेको गृहमन्त्री निधिले वैठकमा स्पष्ट राखेका थिए । तर उनले यसलाई नेपाल प्रहरीले व्यवस्थापन गर्न सकेपनि तराई मधेशमा देखिएको राजनीतिक असुरक्षालाई कसरी समाधान गर्ने भनी प्रश्न तेर्साए ।

‘मधेशी मोर्चाले आन्दोलनको घोषणा गरिसकेको छ, चुनावका लागि यो ठूलो चुनौति हो, सुरक्षाको कोणबाट यसलाई कसरी समाधान गर्ने’ भनि उनले बैठकमा जिज्ञासा राखेका थिए ।

यो राजनीतिक असुरक्षा समाधान नभएसम्म चुनावका लागि सुरक्षा चुनौति रहि रहने भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने कुरा गृहमन्त्री निधिले राखेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए ।

बैठकमा माओवादी केन्द्र, एमाले, काँग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकका नेताहरुको सहाभागिता थियो ।

राप्रपा, एमाले र काँग्रेसले जसरी पनि बैशाख ३१ गते नै चुनाव गराउनुपर्छ भनेका थिए भने फोरम लोकतान्त्रिकले थारु तथा मधेशी मोर्चाको माग सम्बोधन गरेर मात्र चुनावमा जानुपर्ने तर्क राखे ।

यस्तै, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले सबै पक्षको सहमति भए ३१ गते नै नभए दुई चरणमा चुनाव गर्नुपर्छ भनि धारणा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका