June 12, 2017

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन .

१. लसुनः
लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

२. ग्रीन टीः
पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

३. केराः
यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

४. पुदीनाः
एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

५. दालचीनीः
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

६. स्याउः
स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

७. ओमेगा थ्रीले भरपुर खानेकुराः
तोफु, पालुङ्गो, चिज, ओखर, अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी