यहाँ सम्म गिर्दाे रहेछ मधेसी दल : सत्ता पाएपछि निर्वाचनमा

१२ वैशाख ,काठमाडौं । लामो समयदेखि मधेसी समुदायको माग पुरा गरेमात्र स्थानीय तहको निर्वाचनमा भाग लिने सर्त तेर्स्याउँदै  आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा जान पाउने प्रत्याभूति पाएपछि निर्वाचनमा भाग लिने भएको छ ।

 शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दल र मोर्चाका शीर्ष नेतावीच भएको बैठकमा मोर्चा सरकारमा सहभागी हुने प्रत्याभूति भएपछि आन्दोलन फिर्ता गर्ने र निर्वाचनमा भाग लिन सहमत भएको हो ।

मोर्चा र सत्तारुढ दलका नेताहरुले संविधान संशोधन विधेयक परिमार्जन गर्न सत्तारुढ दल सहमत भएपछि मोर्चाले आन्दोलन फिर्ता गरी निर्वाचनमा भाग लिने भनिए पनि भित्री सहमति भने सत्ताको भागबण्डा नैं रहेको मोर्चाका एक नेताले वताए ।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मोर्चाआवद्ध दलका नेता सम्मिलित दलहरुबीच भएको सहमति अनुसार संविधान संशोधन भएपछि मोर्चाले उम्मेदवारी दिने र पहिलो निर्वाचन सम्पन्न भएपछि सरकारमा सहभागी हुने छन् ।

 

पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि एक सातापछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा माओवादीसहितको संयुक्त सरकार निर्माण गर्ने सहमति भएको छ । मधेसी मोर्चाका नेतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक संसदमा पेश हनासाथ सरकारमा आएर निर्वाचनको वातावरण बनाउन बारम्बार आग्रह गरेका थिए ।

मोर्चाका नेता तथा राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गरे पनि आफूहरुले अश्विकार गरेको वताए । यादवले संविधान संशोधनपछि हुने पहिलो चरणको निर्वाचनमा मोर्चाले भाग लिने र नया सरकारमा जाने बिषयमा छलफल गर्न सकिने वताए।

सत्तारुढ दल र मोर्चाबीच भएको गोप्य सहमति अनुसार जेठको पहिलो साता भित्र देउवा नेतृत्वको सरकार गठन गर्ने र त्यही सरकारमा मोर्चा सहभागी हुने भएको छ ।

मोर्चाले नयाँ बन्ने सरकारमा एक तिहाई भाग खोजेको छ। मोर्चाले नवगठीत सरकारमा मोर्चालाई कम्तीमा नौं वटा मन्त्रालय दिने बिषयमा सहमति भएको छ। जस अनुसार संघीय समाजवादी फोरमलाई दुई र जनता पार्टीलाई सात मन्त्रालय दिने बिषयमा प्रारम्भिक सहमति भएको छ । नगवठीत जनता पार्टीमा मधेसी मोर्चाका ६ वटा दल सहभागी छन् । मोर्चाका नेताले कम्तिमा एक जना अध्यक्ष मण्डलका सदस्यले एउटा मन्त्रालय पाउने सहमति भएको छ।

मोर्चासँगको सहमति पछि कांग्रेस नेतृत्वमा सरकार बनेपनि कांग्रेसले १२ वटा, माओवादीले ७ वटा र राप्रपालाई तीन मन्त्रालय दिने प्रारम्भिक सहमति भएको छ । वालुवाटारमा अबेरसम्म बसेको बैठकमा मोर्चाले कतिवटा मन्त्रालय पाउने भन्ने बिषयमा लामो बिबाद भएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुरको अनुपस्थितिमा भएको सो वैठकमा उपेन्द्रले निर्वाचन दुई चरणमा गर्न फोनबाट अडान राखेका थिए । तर भावी प्रधानमन्त्रीको रुपमा आफ्नो प्रस्तुति दिएका देउवाले म कुनैं हालतमा चुनाव सार्न मान्दिन भने पछि उपेन्द्र बिच्किएका थिए ।

उपेन्द्रको माग पुरा नभएपछि उपेन्द्रले मौखिक भएको सहमतिलाई कार्यान्वनय पछि मात्र आन्दोलनको कार्यक्रम फिर्ता लिने र निर्वाचनमा भाग लिने भनेर लामो बिबाद गरेका थिए । अन्त्यमा मोर्चाले संविधान संशोधनलाई परिमार्जन गर्ने बिषय बस्तुमा कार्यदलले जे सिफारिस गर्यो, त्यसैलाई अनुमोदन गरेको थियो । मोर्चाको मागलाई कार्यदलले संवोधन गरे पनि प्रदेशको अधिकार संघीय संसदलाई नैं प्रदान गरेको छ । प्रदेशको सीमा परिवर्तन गर्ने अधिकार संविधानमा बहुमत प्रदेशले पारित गरेपछि मात्र भन्ने थियो । कार्यदलले त्यसैलाई परिवर्तन गरी प्रदेशको सीमा परिवर्तन संघीय प्रदेशले गर्न सक्ने र त्यस्तो सीमा परिवर्तनका सम्बन्धमा सम्बन्धित प्रदेश सभाको परामर्श लिन सकिने व्यवस्था गरिएको छ ।

मोर्चामा अहिलेदेखि नैं को को मन्त्री हुने भन्ने बिषयलाई लिएर जोड घटाउ शुरु भएको भएको छ । उपेन्द्रले भने आफूलाई उपप्रधानमन्त्री र कम्तिमा तीन मन्त्रालय पाउनै पर्ने अडान आफ्ना उत्तराधिकारीको रुपमा वैठकमा प्रस्तुत भएका राजेन्द्र श्रेष्ठमार्फत घुमाउरो भाषामा माग गरेका थिए ।अाजकाे  जनप्रहार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी