यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने,ढिला छपाइका कारण

३१ चैत, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ ।

केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा छपाइ नसकिने अवस्था रहेको उनको भनाइ छ ।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्म कुल एक करोड ७५ लाख थान पाठ्यपुस्तक आवश्यक हुने निर्धारण गरिएको छ । तर, शुक्रबारसम्ममा एक करोड २८ लाख थान पुस्तक मात्र उत्पादन सकिएको निर्देशक पोखरेलले जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्रको सेक्युरिटी प्रेसमा स्थानीय निर्वाचनका लागि मतपत्र छपाइको काम भएको छ । पाठ्यपुस्तक छपाइको जिम्मा भने निजी प्रेसलाई दिइएको छ ।

सेक्युरिटी प्रेसमा पुस्तक छपाइ गर्न नपाएपछि १५ लाख पुस्तक छपाइको जिम्मा निजी प्रेसलाई दिइएको केन्द्रले जनाएको छ । काठमाडौंका दुई र विराटनगरका तीन निजी प्रेसलाई पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिइएको हो । निजी प्रेसले चैत मसान्तसम्म तोकिएको परिमाणमा पुस्तक छापिसक्ने अपेक्षा रहेको केन्द्रका निर्देशक कपिल पोखरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने