२१ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ ।
आयोगले सोमबार निजी कम्पनीमार्फत आफ्नै कार्यालय परिसरमा मतदाता परिचयपत्र छपाई थालेको हो । प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवले छपाइको शुभारम्भ गरे ।
फोटो सहितको मतदाता परिचयपत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु(आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र समेत खुलाइएको छ ।
सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ ।
स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् । निर्वाचन आयोगले सबै मतदातालाई हातहातमा परिचयपत्र पुर्याउने बताएको छ ।
मतदाता शिक्षा कार्यकर्ताले परिचय पत्र पनि बाँड्नेछन् । छुटेकाहरुलाई भने मतदान अधिकृतले मतदान केन्द्रमा नै मतदाता परिचयपत्र दिने व्यवस्था मिलाइनेछ ।
निर्वाचन अधिकृतको नियुक्ति
निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७५ जिल्लामा न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
यस्तै २५ गतेदेखि लागू हुने नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसहित ६६९ जनालाई निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय भएको आयोगले जनाएको छ ।
आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम, पद र दस्तखतको नमूना उपलब्ध गराउन राजनीतिक दलहरुलाई भनेको छ । यो चैत २६ गतेभित्र पठाइसक्नु पर्नेछ ।
रीत नपुर्याई मनोनयन पत्र दाखिल भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता नदिइने व्यवस्था छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।