May 3, 2017

यस्तो हुनेछ तीन घेराको सुरक्षा : मतदाताको सुरक्षा कसले गर्छ ?

बैशाख २०, काठमाडौं – पहिलो चरणको निर्वाचनमा सुरक्षा तयारी पुरा भएको र सुरक्षा निकाय अहिले निर्वाचन हुने क्षेत्रमा खटिएको गृह मन्त्रालयले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रदेश नम्बर ३, ४ र ६ मा सुरक्षा निकायको टोली परिचालन भएको र त्यसरी खटिएका सुरक्षा अधिकारीले मतदान केन्द्र तथा सुरक्षा अवस्थाको बारेमा समेत जानकारी लिएर तयारीमा लागेको सुरक्षा निकायहरुले जनाएका छन् ।

सरकारले पहिलोपटक निर्वाचन हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सोही अनुरुपको सुरक्षा व्यवस्था समेत गरेको जनाएको छ ।

सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको छ ।

पहिलो चरणमा म्यादी प्रहरी सहित १ लाखको हाराहारीमा सुरक्षा फौज परिचालन हुने भएको छ ।

तीन वटा सुरक्षा निकायमध्ये नेपाल प्रहरी मतदान केन्द्रभित्र रहने र उसले मतपत्र तथा मतपेटिकाको सुरक्षा गर्नुका साथै मतदान केन्द्रमा प्रवेश गरेका मतदाताको सुरक्षा गर्नेछ ।

त्यो भन्दा बाहिर मतदान केन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने र मतदान केन्द्र रहेको इलाकाको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी