यस्तो विवाह जहाँ दुलहाले दाइजोमा पाउँछन् २१ विषालु सर्प

विवाहमा महिलाको घरबाट पुरुषको घरमा विभिन्न उपहार दिइनछ । घरको सामानदेखि गर–गहनासम्म, आमाबुवाले आफ्नी छोरीलाई विभिन्न सामान दिने गर्दछन् । तर एउटा यस्तो समाज पनि छ जहाँ छोरीको विवाहमा घरको सर–सामान नभई सर्प दिइन्छ, त्यो पनि विषालु । हो , यो कुनै ठट्टा होइन । यो परम्परा शताब्दिदेखि चल्दै आएको छ ।

snake_Yc9NmGMfiW

सर्प पूरा नदिए विवाह टुट्ने सम्भावनाः

भारतको मध्य प्रदेशको गौरिया समुदायमा यो परम्परा निकै वर्ष पहिलेदेखि चल्दै आएको छ । यहाँ बुवाले आफ्नी छोरीको विवाहका बेला २१ विषालु सर्प दिन्छन्, यदि कसैले यस्तो गर्न असफल भए त्यो विवाह टुट्ने पनि गर्दछ । यहाँ सर्पलाई दाईजोको रुपमा नै दिइन्छ ।

यसकारण उपहारमा दिइन्छन् सर्पः

गौरिया समूदायका मानिसहरु विषालु सर्प समात्ने काम गर्दछन् । यही नै उनीहरुको आयश्रोत हो । विषालु सर्प देखाएर उनीहरु मानिसहरुसँग पैसा माग्छन् । त्यसकारण बुवाले छोरीलाई विवाहका बेला विषालु सर्प उपहारस्वरुप दिने गर्दछन् ता कि ज्वाईंले ती सर्पको प्रदर्शन गरेर उनीहरुको छोरीलाई भरण पोषण गर्न सकून् । छोरीको विवाह निश्चित भएलगत्तै उपहारका लागि सर्प समात्न सुरु गरिन्छ ।

निकै विषालु हुन्छन् यी सर्पः

दिइने सर्पमा कुनै त निकै विषालु पनि हुन्छन् जसले एकपटक टोके मानिस बच्ने सम्भावना निकै कम हुन्छ । यस्ता विषालु सर्पलाई यी मानिसहरु धेरै वर्ष पहिलेदेखि नै समात्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी