१.प्रक्रियामा अवरोध नगर्ने
एमालेले संविधान संशोधन विधेयकमाथिको छलफल प्रक्रियामा अवरोध नगर्ने नीति लिएको छ । विधेयकको भन्डाफोर हुनेगरी पार्टीको धारणा राख्ने, तर मतदानसम्मको प्रक्रियामा कुनै अवरोध नगर्ने नीति एमालेको छ । तर, स्थानीय तहको संख्या थप्ने निर्णय सरकारले फिर्ता लिएपछि बुधबारबाटै सदन सुचारु भएको छ ।
२.दुईतिहाइ पुग्न नदिने
संविधान संशोधन विधेयक पास गर्न दुईतिहाइ मत आवश्यक पर्छ । तर, एमालेले विपक्षी नौदलीय गठबन्धनलाई थप कसिलो बनाएर सत्तापक्षमा दुईतिहाइ मत पुग्न नदिने नीति लिएको छ । विधेयक पास गर्न संसद्मा कायम रहेको ५ सय ९३ सांसद संख्याको दुईतिहाइ आवश्यक पर्छ ।
‘सैद्धान्तिक छलफल र ७२ घन्टे संशोधनको समयमा हाम्रोतर्फबाट अवरोध हुँदैन,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हामी पारित गर्न दिने पक्षमा छैनौँ । बाँकी कुरा विपक्षी गठबन्धनका साथीहरूसँग बसेर थप छलफल गर्नेछौँ ।’
एमाले नेतृत्वको विपक्षी गठबन्धनमा १ सय ९९ मत छ । गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, नेपाः पार्टी, मधेस समता पार्टी, दलित जनजाति पार्टी, बहुजनशक्ति पार्टी छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।