देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा बताइएको छ ।
आज राति पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।