यस्तो छ नेकपा स्थायी कमीटी बैठकको निर्णय : प्रचण्डले पाए कार्यकारी अध्यक्षको अधिकार, ओलीले सरकार हाँक्ने

प्रकाशित मिति : शुक्र, भदौ २६, २०७७

२६ भदौ,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारको जिम्मेवारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सचांलनमा केन्द्रीत हुनेगरी प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठाका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने निर्णय भएको छ ।

उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेगरी सहमति भएको छ । पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको उनले बताए ।

१० असारमा सुरु भएको बैठक १८ असारमा स्थगित भएको थियो । स्थगित बैठक ४३ दिनपछि आज बसेको थियो । अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको उनले बताए ।

के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प बैठकमा भएको प्रवक्ता श्रेष्ठले बताए । पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय भएको छ ।

सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने निर्णय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा