यस्तो छ नवनियुक्त मुख्य सचिव क्षत्रीको विवादित छवि

rajendra-kishore_aqji2O7Iibअसार २९, काठमाडौँ– कानुन सेवा समूहका राजेन्द्र किशोर क्षत्री मुख्य सचिव बनेका छन् । उनको विगत विवादरहित भने छैन । दोस्रो संविधानसभाको चुनावपछि गठन भएको सुशील कोइराला नेतृत्व सरकारमा ऊर्जा मन्त्री थिइन्–  एमाले नेतृ राधा ज्ञवाली । कानुन आयोगमा रहेका सचिव क्षत्रीलाई सेवा परिवर्तन गराएर मन्त्री ज्ञवालीले ऊर्जामा ल्याएकी थिइन् । 
क्षत्रीलाई ऊर्जामा ल्याउन तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम र जलविद्युत क्षेत्रमा ठेक्कापट्टाका काम गर्ने एजेन्टहरू सक्रिय भएर लागेका थिए । क्षत्री तिनै एजेन्ट कम्पनीको गोप्यरूपमा कानुनी सल्लाहकारका रूपमा काम गर्ने गरेको स्रोतहरूको दाबी छ । 
क्षत्रीलाई प्रशासन समूहमा ल्याउँदा लोक सेवा आयोगले समेत असहमति जनाएको थियो । तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले समेत विरोध गरेका थिए । यसका कारण मन्त्री ज्ञवालीलाई क्षत्रीलाई ऊर्जा मन्त्रालयमा ल्याउन ठूलो युद्ध जित्नुपरेका थियो । क्षत्रीले समेत ऊर्जामा आउँदा ठूलै युद्ध जेतेको ठानेका थिए । तर ऊर्जा सचिव भए पनि तत्कालीन मुख्य सचिव पौडेललाई पूरै असहयोग गरे । क्षत्री पौडेलको विरोधमा खुलेरै लागे र उनले बोलाएको बैठकमा जाँदै गएनन् । 
सुरुका दिनमा ज्ञवाली र क्षेत्रीको सम्बन्ध सुमधुर थियो । एकले अर्काको प्रशंसा गर्थे । ज्ञवालीले संसदको कृषि तथा जलस्रोत र अर्थ समितिमा भनेकी थिइन् ‘क्षत्री सचिव पाउनु ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । उपसचिव हुँदादेखि ऊर्जामा काम गरेर खारिएको अनुभव भएका र अङ्ग्रेजी पनि राम्रो भएको सचिव पाएकी छु ।’ 

विनासकारी भूकम्पछि मुख्य सचिवले सचिवहरूको बैठक बोलाएका थिए । त्यहाँ क्षत्रीलाई नबोलाएको थाहा पाएपछि मन्त्री ज्ञवाली–‘मेरो सचिवलाई किन नबोलाएको भन्दै’ स्वयं बैठकमा पुगेर मुख्य सचिवलाई झपारको त्यतिखेर बैठकमा सहभागी एक सचिवले बताए । 

तर, यस्तो सम्बन्ध लामो समयसम्म टिकेन । मन्त्री र सचिवको सम्बन्ध ‘डिभोर्स’मा परिणत भयो । एकले अर्काको तारिफ गर्ने सम्बन्ध डिभोर्समा परिणत भएर एकले अर्कालाई खुइल्याउने हदसम्म पुग्यो । मन्त्री ज्ञवाली पछि क्षत्रीलाई ऊर्जामा ल्याउनु आफ्नो सबैभन्दा ठूलो भूल भएको भन्नथालिन् । 
‘मेरो जिल्लाकै मुख्य सचिव (पौडेल)ले सचिवको सूची देखाउँदै यहाँको जोही कोहीलाई लानु होला तर राजेन्द्र किशोर क्षत्रीलाई झुक्एिर पनि नलैजानु भन्नु भएको थियो । मैले ठूलो झगडा गरेर उनैलाई ल्याएंँ,अहिले पछुतो भइरहेको छ’मन्त्री ज्ञवाली भनेकी थिइन् । सम्बन्ध यतिसम्म बिग्रियो कि मन्त्री ज्ञवालीले क्षत्रीलाई प्रत्योजन गरेका अधिकारसमेत खोस्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिन् । यद्यपि ज्ञवालीको प्रयास सफल हुन भने सकेन । 
दुईबीचको झगडाको काण्ड थियोः सोलु करिडोर १३२ केभी प्रसारण लाइनको ठेक्कापट्टा । दुवै जनामिल्दा परामर्शदाता कम्पनीले सिफारिस गरेका टेन्डर मापदण्डलाई नेपाल विद्युत प्राधिकरण सञ्चालले समितिले (बोर्र्र्ड) परिवर्तन गरिदिएको थियो । 
परामर्शदाताले मापदण्डलाई कडाइ गरी राम्रा कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्ने सिफारिस गरेपछि बोर्डले मापदण्डलाई नै परिवर्तन गरी कम योग्यता भएका कम्पनीलाई पनि प्रतिस्पर्धामा सहभागी हुन पाउने बाटो खोलिदिएको थियो । पछि सम्बन्ध बिग्रँदा विवाद छताछुल्ल भयो । विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्यो । अख्तियारले निर्देशन दिएपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले ज्ञवालीलाई पदबाट बरखास्त गरे । 
तत्कालीन ऊर्जा मन्त्री एवं बोर्ड अध्यक्ष राधाकुमारी ज्ञवाली र ऊर्जा सचिव एवं सञ्चालक राजेन्द्रकिशोर क्षत्रीको दबाबमा मापदण्ड परिवर्तन गरिएको थियो । 
तत्कालीन मन्त्री र सचिवबीच कुरा मिल्दा सबै काम भएको थियो । टेन्डरमा ८ वटा कम्पनी सहभागी भएका थिए । मूल्याङ्कन समितिले जागुअर ओभरसिज एन्ड बीएस लिमिटेडको बोलपत्र सारभूतरूपमा प्रभावग्राही नभएका भन्दै अयोग्य ठहर गरेको थियो । सारभूतरूपमा प्रभावग्राही बोलपत्रमध्येको न्यूनतम् मूल्याङ्कित बोलपत्रदाता मोहन इनर्जी कर्पोरेसन प्रालीलाई ठेकेदार छनौट गर्ने निर्णय प्राधिकरणले गरेको थियो । बोर्डको निर्णयमा असहमति जनाउँदै तत्कालीन ऊर्जा सचिव क्षत्री र सञ्चालक श्रेष्ठले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । क्षत्री जागुअरको र ज्ञवाली मोहन इनर्जीको पक्षमा थिए । 
अख्तियारका तत्कालीन प्रमुख आयुक्तसँग राम्रो सम्बन्ध भएका क्षत्रीले यसलाई मन्त्रीविरुद्ध प्रयोग गराएको ऊर्जा मन्त्रालयका अधिकारीहरू बताउँछन् । कार्की जलस्रोत सचिव हुँदा क्षत्री पनि त्यहीँ थिए । कार्की प्रमुख आयुक्त भएकै बेला क्षत्री ऊर्जाबाट सरुवा भएर अख्तियार लगिएका थिए ।  
करिब २७ करोड रुपियाँभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई ठेकेदार छनौट गरेको भन्दै अख्तियाले छानविन गरेको थियो । करिब २७ करोड अनियमिता गरेको भन्दै अख्तियारले तत्कालीन मन्त्री ज्ञवाली, सञ्चालकहरू लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्रलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । 
कार्यकारी निर्देशक मुकेशराज काफ्ले, सञ्चालक सुरज लामिछाने र  मूल्याङ्कन समितिका पदाधिकारीलाई विभागीय कारवाही गर्न अख्तियारले स्पष्टीकरण लिएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ज्ञवालीलाई पदबाट बर्खास्त गरेका थिए । अख्तियारको विभागीय कारवाही गर्ने निर्णयविरुद्ध ज्ञवालीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । सर्वोच्चले ज्ञवालीको पक्षमा फैसला गरिदिएको थियो । ऊर्जामा सहसचिव हुँदा उनले विवादित कम्पनीका पक्षबाट मध्यस्थाप पनि गर्दथे । 
क्षत्रीको एमालेका उपाध्यक्ष वामदेव गौतमसँग राम्रो सम्बन्ध छ । ज्ञवाली बरखास्तीमा परेपछि ऊर्जा मन्त्रीको समेत जिम्मेवारी गौतमले सम्हालेका थिए । गौतम र क्षत्री मिलेर प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लाई मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए । त्यसपछि ऊर्जा मन्त्री बनेका माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले क्षत्रीलाई हटाएर सुमन शर्मालाई ऊर्जा सचिवमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने