अण्डाले दिमागलाई तेजिलो बनाउने देखी आँखाको ज्योति बढाउने सम्मका कामहरु गर्छ। हामीले अण्डा खाएमा हुने केही फाईदाहरु तल उल्लेख गरेका छौँ।
१. अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन्। यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ।
२. शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० ग्राम क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ। भोक लागेको बेला अण्डा खाएमा शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन।
३. अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइने भएकाले त्यसले शरीरलाई ऊर्जावान राख्न सहयोग गर्छ। ब्रेकफास्टमा अण्डा खाएमा दिनभरि काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ।
४. अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छने भएकाले हड्डीलाई बलियो बनाउन सहयोग गर्छन्।
५. बिहान उठेपछि अल्छी महसुस भएमा अण्डा खाने गनुपर्छ। यसले ‘इनर्जी बुस्टर’ अर्थात शक्ति बढाउने काम गर्छ र जाँगरिलो बनाउँछ।
६. अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन सहयोग पु-याउँछ। खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि