समाज सुधारको सम्मान :
वेदले जातीय वा लैङ्गित विभेद गरेको प्रमाण कहीँ कतै पाईँदैन ।
यसैगरी कर्मलाई उचनिच भनेको पनि देखिँदैन ।
धर्मको अभ्यास गर्ने क्रममा स्वार्थवंश विभेद सिर्जना गरिएको हुनसक्छ ।
धर्मका सहिष्णु मान्यताबाट नैतिक साहस बटुलेर नेपालमा विभिन्न प्रकारका सामाजिक राजनीतिक आन्दोलन अभियान भएका छन् ।
ती आन्दोलनमध्ये हलो क्रान्ति पनि एक हो, जसलाई राजनीतिक आन्दोलनले पृष्ठपोषण गरेको थियो ।
राज्यले यस्ता विविध सुधार र सुधारका अभियानलाई सम्मान गर्नु अपरिहार्य आवश्यकता बनेको छ ।, यो विषयमा आजको गोरखापत्रमा सम्पादकीय छ ।
तरंगहीन क्याबिनेट विस्तार :
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारोहणको ५० औं दिनमा गरेको मन्त्रिपरिषद विस्तारले पनि मुलुकमा कुनै तरंग ल्याउन सेकेको छैन ।
खासमा अचेल सकार हुनु र नहुनुको कुनै अर्थबोध गर्न नसकिने अवस्थामा मुलुकमा विद्यमान छ ।
मन्त्रिपरिषद् विस्तार नभएर पनि कुनै काम अड्किएको थिएन ।
देउवा मन्त्रिमण्डलमा २७ जना थपिएपछि पनि यसले सार्जजनिक जबीनमा कुनै तात्विक अन्त ल्याउनेछैन ।
मुलुक उस्तैगरी चल्नेछ, जसरी अहिलेसम्म चलिरहेको छ ।
आफुसहित आठजना मन्त्री लिएर सुरु भएको देउवाको झन्डै दुई महिनाको शासनमा राजधानी काठमाडौंका खाल्डा पुर्न र कर्मचारीलाई द्धिपक्षीय सम्बन्धका साथै अत्यावश्यक विषयमा बाहे विदेश भ्रमण रोक्न निर्देशन दिनमै सीमित रह्यो ।, यो विषयमा आजकोनागरिक दैनिकमा सम्पादकीय छ ।
मिल्दै साना दल :
स्थानीय तह निर्वाचनको पहिलो चरणमा निकै चर्चामा आएका विवेकशील नेपाली दल र साझा पार्टीबीच यही बुधबार एकताको घोषणा भयो ।
विवेकशिल नेपाली केही बर्षअघि मात्र स्थापना भएर सक्रिय थियो भने साझा पार्टी निर्वाचनको केही महिनाअघि मात्र घोषणा गरिएको थियो ।
दुवै तलका नारा अभिलाषा या जनताबीच गरेका बाचा उस्तैउस्तै देखिन्छन् ।
पहिले राजनीतिमा सक्रिय नभएका सामाजिक जीवनका अनेक क्षेत्रमा विशिष्ट योगदान गरेका या कुनै खास पेसा ब्यवसायबाट निवृत्त भएकाहरुको समुह साझा पार्टीमा देखिन्थ्यो, जुन दल ललितपुरमा तेस्रो दलका रुपमा उदाएको थियो ।
यी अर्थमा दलबीच यस्तो एकताको सकारात्मक अर्थ रहनेछ ।, यो विषयमा आजको नयाँ पत्रिकामा सम्पादकीय छ ।
घाटा कम गर्न उत्पादन बढाउ :
मुलुकभित्र उत्पादन र उत्पादकत्व नबढेको तर विशेष गरी रेमिट्यान्सले उपभोग बढेका कारण गत बर्ष ब्यापार घाटा ९ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक बर्ष २०७२, ७३ को तुलनामा यो २९ प्रतिशतको बृद्धि हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ३३ वटा मुलुकसंग एक अर्ब रुपैयाँभन्दा बढि ब्यापार घाटा छ ।
अर्थात यी मुलुकमा नेपालका सामग्री निर्यातको तुलनामा आयात अत्यधिक छ ।
तथ्यांकअनुसार दैनिक उपभोग गर्नुपर्ने अनिवार्यादेखि विलासिताका वस्तुमा परनिर्भरता कहालीलाग्दो अवस्थामा पुगेको छ ।
यसले हाम्रो अर्थतन्त्र संकटतर्फ उन्मुख भएको संकेत पनि गरेको छ ।
सरकारले ब्यापार घाटा कम गर्न समय समयमा केही नीतिगत प्रयास पनि गरेको छ तर परिणाम सकारात्मक आउन सकेन ।
यसले ब्याबहारिक अवस्था र नीतिगत दुवैमा मुलुक चुक्दै आएको छ ।, यो विषयमा आजको कान्तिपुरमा सम्पादकीय छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।