यसरी परिवर्तन हुँदैछ मतदाताको ठेगाना, तपाईँ मतदान गर्न योग्य कि अयोग्य ?

1002273025nirwachana-aayog.काठमाडौं । निर्वाचन आयोगले चैत २० गतेसम्म स्थानीय तहको निर्वाचनमा भाग लिने मतदातको नामावलीलाई अन्तिम रुप दिनेगरी धमाधम काम गरिरहेको छ । निर्वाचन आयोगका एक अधिकारीकाअनुसार १ करोड ४० लाख मतदाता पुग्ने आयोगले अनुमान गरे पनि संख्या १ करोड ३८ लाख नजिक हुन सक्नेछ ।
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा प्राविधिकहरुले नयाँ स्थानीय तहको संरचनाअनुसार मतदातको नाम परिवर्तन गरिरहेको छ ।
आयोगले दिएको जानकारीअनुसार मतदाताको नामावली वडा र मतदान केन्द्रअनुसार मिलाउने काम भइरहेको छ ।  स्थानीय तहमा हाल ६ हजार ६ सय ८३ वडा कायम गरिएको छ । सोही अनुसार मतदातको नामावलीलाई अन्तिम रुप दिने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पुगेको र मतदाता नामावलीमा नाम भएका व्यक्ति निर्वाचनमा भाग लिन योग्य हुने जनाएको छ ।
आयोगले मतदाताको जिल्ला, स्थानीय तह, वडा र मतदाता केन्द्र रहने गरी अध्यावधिक गरिरहेको हो ।  यसअघि जिल्ला, गाविस वा नगरपालिका, वडा र मतदानकेन्द्र अनुसार मतदाताको नामवली राख्दै आएको थियो ।
मतदातको ठेगानाको नाम परिमार्जनको काम चलिरहे पनि अहिलेसम्म पुरानै स्थानीय निकायको साविक ठेगानाअनुसार आफ्नो र आफ्नो वडाको मतदाता नामावली छ वा छैन हेर्न सकिनेछ ।

आफ्नो मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी