यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट

कात्तिक १५ : एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो ।

सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चितवन, दाङ्ग, सल्यान, दैलेख र उदयपुरको सिट विभाजनमा समस्या देखिएको थियो । प्रतिनिधिसभाका १२८ र प्रदेशका २५६ सिटमा आगामी मंसिर २१ गते दोस्रो चरणमा चुनाव हुँदैछ । 

चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार हुने भएका छन् । सोही क्षेत्रमा दावी गरेका माओवादी केन्द्रका नेता रामबहादुर थापालाई काठमाडौं–१० बाट उठाउने सहमति भएको छ ।

उक्त क्षेत्रबाट यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेका थिए । पहिलो संविधानसभा चुनावमा दाहालले उक्त क्षेत्रबाट जितेका थिए ।

पछिल्लो संविधानसभामा भने कांग्रेसका नेता राजन केसीसँग हारेका थिए । उक्त क्षेत्रमा एमालेबाट प्रस्तावित नेता सुरेन्द्र मानन्धरको नाम भने समानुपातिकमा परेको छ । उनी यसअघि पनि दाहालसँग प्रतिस्पर्धा गरेका थिए । यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण