July 5, 2020

यसरी जान्छ भेल पहिरो

 पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् ।

पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उनले बताए ।

भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो भने । उनका अनुसार साधारणतया भेल पहिरो माटो वा माटो र ढुङ्गाको सम्मिश्रण भएको स्थानमा बढी जान्छ । माटोको ढिस्को भएका पहाड नेपालमा धेरै छन् । 

त्यस्ता पहाडमा खनिदिएपछि पहाडमा टाँड पर्छ । कतिपय स्थानमा खनेको माटो भीरतिर गएर अड्केर बस ेको हुन्छ । त्यसमा पानी परेपछि तौल बढ्छ । कमजोर भएको भित्रको माटो र थपिएको माटोसहित बगेर एकथरि भेल पहिरो जान्छ । अर्कोथरि खोल्सा खोल्सीको पानीले भित्रभित्रै माटोमा पानी पुगेपछि कमजोर भइसकेको भिरालो जमिन एक्कासि ठूलो पानी पर्दा भेलसँगै बगेर खस्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा  चाँदनी हमालले लेखेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण