यसरी गर्मीमा अनुहारलाई सँधै चम्किलो राख्ननुस्

image-2

७ असार – गर्मी बढेसागै हामीलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । विशेषगरी अनुहार सँग सम्बन्धित समस्याले बढी सताएको देखिन्छ । गर्मी मौसममा अनुहारको चम्किलो पन बनाइ राख्नका लागि छालालाई नरम बनाइ राख्नु आवश्यक हुन्छ । जसका लागि छालालाई पोषणको आवश्यक्ता बढी हुन्छ ।

घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईँको छालाको लागि सबैभन्दा उत्तम हुन्छ । यसले तपाईँको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । नियमित रुपले अनुहारको हेरचाह सँग सम्बन्धित केही फेश प्याकहरु जुन सजिलै घरमा बनाउन सकिन्छ ती घरेलू प्याकको साथै अनुहारको सफाई, टोनिंग र मोइश्चराइजिंग पनि हुन्छ ।

तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । यसले गर्मीको मौसममा छालालाई शितलता प्रदान पनि गर्छ ।

गोलभेँडाको फेश प्याक

गोलभेँडाको रस छालमा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक आउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ । किन की चर्को घामले गर्दा सन वर्न, दाग बस्ने जस्ता समस्या हुन सक्छ ।

कागती फेश प्याक

एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ । साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ ।

काक्रोको ओभरनाइट फेश प्याक
काक्रोको ओभरनाइट ९रातभरि० फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ ।

घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि