निर्वाचन आयोगले पनि धमाधम निर्वाचनको काम गरिरहेको छ । उम्मेदवारहरूले पनि आफ्ना अफ्ना योजना गराइरहेका छन् ।
तर भोट हाल्ने त मतदातालेनै हो । भोट हाल्नको लागि मतदाता नामावलीमा नाम लेखाउनु पर्छ । अहिले चाहिँ आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन रोकेको छ । होइन भने यो काम निरन्तर चलिरहेको थियो । कतिपय जिल्लामा त नागरिकता बनाउने वित्तिकै मतदाता नामावलीमा नाम लेखाउन पाउने गरि निर्वाचन आयोगले डेस्क खडा गर्छ ।
निर्वाचन आयोगसँग मतदाता नामावली छ । त्यसमा केही त्रुटी भएमा तपाईले सच्याउनुपर्छ । होइन भने भोट हाल्ने बेलामा समस्या पनि सिर्जना हुन सक्छ । फागुन १७ गते देखि २१ गते नामावलीमा भएको आफ्नो विवरणमा केही गल्ती भएमा सच्याउन सकिन्छ ।
१८ वर्ष उमेर पुगेका हरेक नागरिकले मत हाल्न सक्छन् । तर मत हाल्नको लागि चाहिँ मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ । देशभर कति मतदाता छन भनेर ठ्याक्कै विवरण नआइसकेको भएपनि एक करोड ४० लाख मत पत्र छपाउने तयारी निर्वाचन आयोगले गरेको छ ।
तपाईको नामावली आयोगको सूचीमा छुटेको पो छ कि रु वा त्रुटिपूर्ण पो छ कि
तपाईंको नाम मतदाता नामावली मा छ की छैन ?
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित
फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत
माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ । भावर क्षेत्रबाट मापदण्डविपरीत
सिन्धुपाल्चोक, माघ२१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ